१८ वैशाख

रमेश बिश्वकर्मा गुल्मी । माहान्यायाधिवक्ता अग्नि प्रसाद खरेलले सरकारी वकिल कार्यलय पीडित मैत्री कक्ष भएकाले पीडित साक्षी कक्षमा बसी शान्त रुपमा छलफल गर्नु पर्ने बताएका छन् । उनले आजको दिनमा फौजदारी कसुरमा आरोपित ब्याक्तिहरुलाई हतकडी लगाएर र बल पुर्वक अनुसन्धान हुन नसक्ने बताएका हुन् । समाजमा अपराध गर्ने अपराधीहरु सबैको नजर वरपर घुमिरहेकाले अनुसन्धानमा राजनीतिक दबाबहरु आउने गरेको स्मरण गर्दै अनुसन्धानका क्रममा निष्पक्ष हुन नदिएको भन्दै त्यसमा दबाब आउनु राम्रो नभएको बताएका हुन् । अनुसन्धानमा लिदाँ त्यती आत्ति हाल्नुपर्ने अबस्था नहुने उनको भनाई रहेको थियो।

मंगलबार जिल्ला सरकारी वकिल कार्यालय गुल्मीको नयाँ भबनको उदघाटन गर्दै माहान्यायाधिवक्ता खरेलले यस्तो बताएका हुन् । उनले घटनाहरुमा बल पुर्वक र हतकडी लगाएर अनुसन्धान हुन नसक्ने भन्दै यातना दिएर बयान लिने समयको अन्त्य भएको बताएका हुन् । आगामी चारबर्ष भित्रमा सबै सरकारी वकिल कार्यालयहरुमा नयाँ भबनहरु बनाउने र भबनहरुमा पीडित मैत्री कक्ष र सुबिधा सम्पन्न निवास सहितका भबनहरु बन्ने उनको भनाई रहेको ।

खरेलले सरकारी वकिल सरुवा भएर जादाँ आवासका लागि बिगतमा आएका समस्याहरुको अन्त्य गर्ने गरि सुबिधा सम्पन्न भवनहरु निर्माण गर्दै गएको बताए । अर्को एक प्रसंगमा खरेलले बिगतमा गरेका कार्याहरुलाई भबिष्यमा कुनै पश्चताप नआउने गरी न्याय क्षेत्रमा कार्य गर्न आग्रह गर्दै आफू सधै यसमा सचेत रहेर कार्य गर्दै आएको दाबी गरे । अहिले हामी संबिधानको कार्यान्वयनको चरणमा रहेको उल्लेख गर्दै जुन सुखद पक्ष भएको बताए । संबिधानले नागरिकका धेरै अधिकारहरु सुनिश्चित गरेको भन्दै यसलाई कार्यन्वयन गर्नु पर्ने बताए ।

घटनाहरुको बिषयमा घटनाहरुको यथार्थ चित्र बाहिर ल्याइदिन आग्रह गर्दै अनुसन्धानका बिषयहरुमा बिशेष ख्याल गर्न पत्रकारहरुलाई आग्रह गरे । कार्यक्रममा सरकारी वकिल कार्यलयमा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै ढाल बहादुर नेपालीलाई प्रमाणपत्र र नगद सहित सम्मान गरिएको थियो । खरेलले जिल्लाको कारागार , जिल्ला प्रहरी कार्यलयको पनि अनुगमन गरेका थिए । नबनिर्मित आवास सहितको सरकारी बकिल भवन २ करोण नौ लाख ९४ हजार २३७ रुपैया १४ पैँसामा बासुरी सुनिल समिर जेभीले निर्माण कार्य सम्पन्न गरेको हो ।