१७ वैशाख

पर्वत पर्वतको फलेवास नगरपालिका ४ मुडिकुवामा अवस्थित माटेदेवल जनसहयोगी प्राविधीक तथा व्यावसायीक माविको २५ कोठे आधूनिक भवनको शिल्यान्यास भएको छ ।
सोमबार फलेवास नगरपालिका का मेयर पदमपाणी शर्माले भवनको शिल्यान्यास गर्नुभएको हो । कार्यक्रममा बोल्दै शर्माले भौतिक पूर्वाधार विकाससँगै शैक्षिक गुणस्तर वृद्धिमा विद्यालयले जोड दिनुपर्ने बताउनुभयो । जिल्लामै प्राविधिक धारको एकमात्र विद्यालय भएको हुदा यसलाइ नमुना विद्यालयको रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

भवन निर्माणको काम  समयमा सम्पन गर्नको लागि स्थानिय नागररिकले निरन्तर अनुगमन गर्नुपर्ने बताउनुभयो । साथै उहाँले मुडिकुवा फलेवास नगरपालिका को सुगम स्थल भएको र कुश्मा बजारसंग पनि जोडिएकाले शैक्षिक गुणस्तर वृद्धि संगै बजारीकरण मा समेत स्थानियले विशेष ध्यान दिन आग्रह गर्नुभयो ।
सरकारको नमूना विद्यालय अनुदान कार्यक्रमअन्तर्गत रु एक करोड ५० लाखको लागतमा भवन निर्माण प्रक्रिया अगाडि बढाइएको विद्यालयका प्रधानाध्यापक रामप्रसाद रिजालले जानकारी दिनुभयो ।
नमुना विद्यालयका लागि प्रक्रिया अगाडि बढी यसै वर्षदेखि कार्यान्वयनमा आएको विद्यालयले नमूना विद्यालय सिफारिशका लागि आवश्यक प्रक्रिया पूरा गरी छनोटमा परेको हो ।
कार्यक्रममा फलेवास नगरपालिकाका इन्जिनियर शतिस सुवेदीले मन्तव्य राख्नुभएको कार्यक्रममा स्वागत  विद्यालयका प्रअ रामप्रसाद रिजाल र सञ्चालन सोही विद्यालयका मावि शिक्षक गोपाल प्रसाद भुसालले गर्नुभएको थियो ।