१५ वैशाख

किरण न्यौपाने रंगेली  । मोरङ्गको रतुवामाई नगरपालिका ३ र्मिचाडागी टोलका स्थानियबासी प्रहरी चौकी महादेवाका बाट आतंकित बनेका छन् । शान्ती, सुरक्षा पाउने आशा गरीएको प्रहरी चौकीकै प्रमुख बाटै योजनावद्ध ?पमा गाउलेह? माथी षड्यन्त्र हुन थालेपछी स्थानियबासी आतंकीत बनेका हुन् । घटना अनुसार गत चैत्र २३ गते शनिवारका दिन रतुवामाई नगरपालिका ३ बस्ने रमेश हरिजनले साझ ८ बजे मादक पदार्थ सेवन गरेको अवस्थामा गाऊमा हो हल्ला गर्दै सामाजिक सदभाव विगार्ने शव्द प्रयोग गर्न थालेपछी दजनौ संख्यामा रहेका स्थानियले रमेश लाई सम्झाउने प्रयास गर्दा समेत नटरे पश्यात गाऊह?ले इलाका प्रहरी कार्यालय सिजुवालाई खवर गरी घटना बारे जानकारी गराएका थिए । तर त्यतिकैमा गाऊले संग रमेशको घम्साघम्सी परेपछी उनकी पत्नी, आमा बुच्नुन देवी हरिजन र दाजु दिलिप समेत आई गाउले संग विवाद गरी झगडा गरेका थिए ।

सोेही घटनामा रमेशको पत्नीले घटनाको भोली पल्ट प्रहरी सामु आफुमाथी यौन दुरव्यवहार भएको आरोप लगाए पश्यात प्रहरीले आफुह?लाई दुख दिएको लक्ष्मण प्रसाद सिंहले बताए । उनले भने– रमेशले गाऊमा रक्सी खाएर सार्वजनिक ?पमा जातिय नारा लगाएपछी गाऊलेले सम्झाउदा पनि नमाने पछी हामीले सिजुवा थानालाई खवर गरी रक्सी खाएको मेडिकल गर्नुपर्छ भनेका थियौ तर प्रहरी चौकी छालगाछी महादेवाका चौकी प्रमुख सदानन्द यादवको नेतृत्वको टोली घटना स्थलमा पुगी गाऊले माथी नै बन्दुक तेर्साउदै आतंकित बनाउने कार्य गरेको बताए ।

अझ हामीले घटनाको भोली पल्ट आईतवार गाऊमा अशान्ती मच्चाएकोे भनी प्रहरी चौकीमा रमेश माथी कार्वाहीका लागी निवेदन दिन गएका थियौ तर असई साब सदानन्द कुमार यादवले उल्टै बलत्कारको आरोपमा तिमिह? माथी मुद्दा हाल्छु भनी धम्काएको र नभन्दै रमेशको पत्नीले म सहित मेरो बाबु गान्धी प्रसाद सिंह र विनोद कुमार सिंह माथी यौन दुरव्यवहार मुद्दा चलाउन खोजिएको लक्ष्मण सिंहले बताए । गाऊमा विवाद भएपछी मैले नै इलाका प्रहरी कार्यालय सिजुवाका प्रहरी निरिक्षक मान प्रसाद श्रेष्ठ सरलाई फोन गरेर घटनाको जानकारी गराएको रतुवामाई नगरपालिका वडा नं.३ का वडाध्यक्ष बुलेन देव प्रसाद सिंहले बताए ।

घटनाको वास्तविकता एका तिर छ तर राजनैतिक ?पमा साढेको जुधाईमा बाछोको मिचाई झै गाऊलेलाई आतंकित बनाउने काम भएको वडाअध्यक्षको भनाई रहेको छ । राती प्रहरी चौकीले रमेश हरिजन सहित उनकी पत्नी, आमा बुच्नुन हरिजन र दाजु दिलिपलाई गाऊ बाट लगेको थियो । तर विहान रमेशकी पत्नीले चोलो च्यातीएको देखाउदै आफु माथी यौन दुरव्यवहार भएको भन्दै सिजुवा थाना पुगेकी थिईन । सोही विवादमा राजनैतिक भएपश्यात सिजुवाका प्रहरी निरिक्षक मान प्रसाद श्रेष्ठ जिल्ला तानीनु परेको स्थानियले बताए ।

रतुवामाई नगरपालिकाकी उप मेयर सहित स्थानिय केही व्यतिmह?ले घटनालाई राजनैतिक ?प दिएकाले यर्थाथ घटना बाहिन आउन नसकेको स्थानियको आरोप छ । स्थानियबासी नगेन्द्र प्रसाद सिंहले घटनाको सत्यतथ्य छानविन गरी अपराध गरेको छ भने दोेषि माथी कार्वाही हुनुपर्छ नभए न्याय पाउनु पर्छ प्रहरीले षड्यन्त्र गरी महिलालाई प्रयोग गरेर गाउलेलाई झुठो कुरामा आतंकित बनाउन नहुने बताए । पिडीत भनिएका रमेशकी पत्नी पक्षले शु?मा बाबु छोरा द्धय गान्धी प्रसाद सिंह, लक्ष्मण सिंह र विनोद कुमार सिंह माथी जवरजस्ती करणी उद्योगमा उजुरी गर्न खोजेको तर पछी बाबु छोरा माथी नै करणी उद्योगमा मुद्दा नमिल्दो देखेर छोरा लक्ष्मणको नाम हटाएर मेरो समेत नाम थपेर मुुद्दा गर्न लागेको चन्दन प्रसाद सिंहले बताए ।

घटनाको दिन म साझ झापा गौरीगन्ज मामा ससुरालीको घर बाट गाऊ आउदा गाऊमा होल्ला सुनेर पुगेको थिए तर यौन दुरव्यवहारमा मेरो पनि नाम सहितको समाचार पत्रिकामा पढ्दा छक्क परेको सुनाए । सो घटना पश्यात विदामा रहेका प्रहरी साहयक निरिक्ष एव प्रहरी चौकी छालगाछी महादेव इन्र्चाज सदानन्द यादव संग घटना बारे बुुज्दा चौकीमा परेको उजुरीका विपक्षीह?लाई बोलाउन हल्दार साब सहित ३ जना प्रहरी सो गाऊ पुगेको र पानी परिरहेको मौसमले गर्दा चौकी फर्किदा रमेशको घरमा बसेर रक्सी नभई चियापानि खाएर फर्किएको बताउदै आफुले गान्धीको टयाक्टर समातेर भन्सार बुझाएकाले मेरो स?वा गराउनकालागी आरोप लगाएको बताए ।

तर यौन दुरव्यवहारका आरोपित गान्धी प्रसाद सिंहका छोरा लक्ष्मण सिंहले असाई सदानन्द यादवले आफुलाई रमेश परिवारलाई १ कठ्ठा जग्गा र ५ लाख ?पैया दिए घटना मिलाई दिने आश्वासन दिएको बताए । यता पिडीत भनिएकी रमेशकी पत्नी भेट्नका लागी हाम्रोकुराकर्मी घरमा पुग्दा घरमा एक नाबालिका बाहेक सम्बन्धी व्यतिm भेटीएन्न । असई माथी नै गाउलेको शंका घटनाको दिन प्रहरी चौकी महादेवा छालगाछीका इन्र्चाज असई सदानन्द यादव सहित ३ जना जवान प्रहरी पोशाकमै विहान ११ बजे देखी साझ ५ बजे सम्म रमेशकै घरमा अण्डा सहित मदिरा सेवन गरेर बसेको स्थानियले देखेका थिए ।

दिनभरी मदिरा खाएर रमाइलो गरेपछी असई सदानन्द यादव सहित अन्य प्रहरी चौकी फर्किएका थिए । उनिह? फर्किएपछी रमेशले करिव ७ बजे देखी गाऊमा हो हल्ला शु? गरेका थिए । मदिराले मातिएका रमेशले सो क्रममा गनगाईह?को बाक्लो बस्ती रहेको ठाऊमा उनिह?लाई लक्षित गरी सामाजिक सदभाव खलल पुग्ने भाषा प्रयोग गरेपछी सिजुवा थानामा स्थानियले फोन गरेर प्रहरीलाई बोलाएका थिए तर डेढ किमि नजिक रहेको प्रहरी चौकी बाटै सदानन्द यादवकोे नेतृत्वमा सोही दिनभरी निज रमेशकै घरमा मदिरा सेवन गरेर गएका प्रहरी घटना स्थलमा पुगेपछी ति प्रहरीले उल्टै गाऊले माथी बन्दुक तेर्साएर धम्काएका थिए ।

पछी गाऊह?ले मेडिकल गर्नुपर्छ भन्ने आवाज उठाएपछी असई सदानन्द यादवले रमेश सहित झमेला गर्ने उनका परिवारका बाबु बाहेक ४ जनालाई साझ प्रहरीले चौकी तर्फ लिएर गएका थिए तर विहान ८ बजे रमेश माथी उजुरी गर्न गएका स्थानियलाई असईले उल्टै बलात्कार मुद्दा हाल्छु भनी धम्काउने काम गर्नु र नभन्दै महिलाले चोलो च्यातिएको देखाउदै यौन दुरव्यवहारमा मुद्दा गर्न लाग्दा असईको षड्यन्त्रमा गाऊका मान्छे छानी छानी फसाउने काम भएको स्थानियको बुझाई छ ।