संजय रेग्मी
वैशाख १३, २०७५
पर्वत : समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत पर्वतको मोदी गाउपालिका वडा न. १ भुकताङलेमा रहेको भुक देउराली माध्यमिक विद्यालयमा सचेतनामूलक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्वतको आयोजना र विद्यालयको सहकार्यमा कक्षा ८, ९ र १० मा अध्ययनरत विद्यार्थीहरुको लागि सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । विद्यालयका प्रधानाध्यापक तथा विद्यालय सम्पर्क संयोजक विकास गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, जिल्ला प्रहरी कार्यालय पर्वतका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक श्यामु अर्याल, बिद्यालय व्यवस्थापन अध्यक्ष, शिक्षक, शिक्षिका तथा अभिभावक तथा विधार्थीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा आधारभुत सुरक्षा, सामुदाय प्रहरी साझेदारीको महत्व, घरेलु हिंशा नियन्त्रण, साईवर सुरक्षा तथा लागु औषध नियन्त्रण विषयहरुमा प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले प्रशिक्षण प्रदान गर्नु भएको थियो भने प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले समाजमा शान्ति सुरक्षाको लागी बिधार्थीहरुको पनि महत्व पुर्ण भूमिका हुने र सामाजिक विकृतिलाई हटाउनको लागी प्रहरी र विधार्थीको सम्वन्ध जरुरी रहेको वताउनु भएको थियो ।