१३ वैशाख

काठमाडौं। गोर्खा भुकम्पको ठीक चार वर्ष पुरा भएकै दिन पुनः निर्माणमा खटिएका इन्जिनियर सहित प्राविधिकहरुले सामूकि राजीनामा दिएका छन्। भूकम्पपछि नीजि आवास पुन निर्माणको काम आधाजति नै बाँकी रहँदा इन्जिनियर प्र्राविधिकहरुले सामुहिक राजीनामा दिएका हुन्। भत्ता लगायतका सेवा सुविधा दिन माग गर्दै प्राधिकरणका इन्जिनियर प्राविधिकहरु ९ महिनादेखि नै आन्दोलनमा थिए।

तर सरकारले सुनुवाई नगरेपछि ३२ जिल्लामा पुनर्निर्माणमा जुटेका इन्निनियरहरु सामूहिक राजीनामा दिन बाध्य हुनु परेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण प्राविधिक राष्ट्रिय हक हित संरक्षण समितिका अध्यक्ष अविनाश अमरले बताए।

काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अमरले भने, ‘सस्वास्थ्य, सञ्चार, यातायात खर्च लगायत मासिक तलब दिने भनेको सरकारले हामीलाई सेवासुविधा दिएन, हामीमाथि अन्याय गर्‍यो, हामी सबै राजीनामा पेश गर्छौं, पुनर्निर्माणका कामहरु सबै आजैदेखि रोक्छौं, जबसम्म हाम्रो माग पूरा हुँदेन, हामी अब काममा फर्किदैनौं। विगत ९ महिनायता कटौती गरिएको भत्ता लगायतका सेवा, सुविधा उपलब्ध गराउन सरकारसँग माग गर्दै उनीहरुले गत फागन २५ गतेदेखि आन्दोलन शुरु गरेका थिए।