११ वैशाख

काभ्रेपलाञ्चोक । १५ वर्षे किशोरीलाई बलात्कार गरेको  रोपमा मण्डन देउपुर नगरपालिका-३ नयाँगाउँका एक युवक पक्राउ परेका छन् ।

आफन्तको छोरी घरमा आएको मौका पारी गत चैत २९ गते राति एक्लै सुतिरहेको अवस्थामा जबर्जस्ती करणी गर्ने १९ वर्षीय राज बजगाईंलाई मङ्गलबार राति उनकै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानुकारी दिए ।

बनेपा घर भएकी किशोरीको आफन्तको किटानी जाहेरीका आधारमा बजगाईंलाई पक्रिएको प्रनाउ गिरीले बताए । उनका अनुसार आज म्याद थप गरी बजगाईंलाई हिरासतमा राखी घटनाको अनुसन्धान भइरहेको छ ।