११ बैशाख
कपिलवस्तु,नेपालको दोश्रो पुरानो नगरपालिका कपिलवस्तु नगरपालिकाको वडा नम्बर ३ लाई आज खुल्ला दिसा मुक्त, पुर्ण साक्षर र पुर्ण भर्ना वडा घोषणा गरिएको छ । कपिलवस्तु नगरपालिकाको वडा नम्बर ३ अन्र्तरगत २४ वटा टोल लाई समेटिएको वडाका कुल १ हजार ६ सय ३६ घरधुरी मध्ये १ हजार ६ सय ३१ घरधुरीमा निर्माण भइसकेको र ५ वटा धरधुरीमा मात्र शौचालय निर्माण हुन बाकी रहेको वडालाई खुल्ला दिसा मुक्त घोषणा गरिएको हो । त्यसै गरि तोकिएका सचुक पुरा गर्नुका साथै बिद्यालय बाहिर रहेका बिद्यार्थीलाई बिद्यालय भर्ना गर्ने कार्य गरिए पछि वडालाई पुर्ण साक्षर र पुर्ण भर्ना घोषणा गरिएको हो ।

वडाको उक्त तथ्यलाई प्रस्तुत गर्दै वडा अध्यक्ष प्रकाश गैरेले खुल्ला दिसा मुक्त र पुर्ण साक्षर वडा घोषणा गरेका हुन । सो अवसरमा बोल्दै वडा अध्यक्ष गैरेले वडालाई खुल्ला दिसामुक्त घोषणा गरिए सगै शौचालय प्रयोगमा निरन्तरताका लागी सचेतना प्रवाह गरिने बताए । वडालाई पुर्ण सरसफाई युक्त बनाउने अभियानलाई निरन्तरता दिनुका साथै बालबालिकाले बिद्यालय छोड्ने समस्या निराकरण गर्न सचेतना कार्यक्रम गर्नुएका साथै अभिभावकको आजआर्जन हुने कार्यक्रमलाई समेत प्राथमिकता दिईने उनको भनाई थियो ।
कपिलवस्तु नगरपालिकाको मेयर किरण सिंहले ब्यानर पढेर र उप मेयर लक्ष्मी कसौधनले साबुन पानीले हात धुने ६ तरिका सिकाउदै हात धोएर कार्यक्रमको उदघाटन गरेका थिए । कार्यक्रममा बोल्दै कपिलवस्तु नगरपालिकाको मेयर किरण सिंहले शौचालय निर्माण सगै प्रयोगलाई ध्यान दिन आवश्यक रहेको र आ आफ्नो टोल घर वरिपरि स्वच्छ र सफा राख्ने स्थानियहरु संग बाचा गराउनु भएको थियो ।

सरसफाईले समाजमा स्वच्छता अभिबृद्धि हुनुका साथै नागरिक स्वस्थ्य हुन समेत सहयोग मिल्ने उनको भनाई थियो । शिक्षाले समाजको बृहत्तर बिकास गराउने बताउदै बालबालिका बिद्यालय बाहिर रहने बातावरण अन्त्य गर्न सबैले भुमिका निर्वाह गर्न आवश्यक रहेकोमा उनले जोड दिए ।
सो अवसरमा अभियान सफल पार्न महत्पुर्ण भुमिका निर्वाह गरेका दुई दर्जनलाई प्रमाणपत्र प्रदान गरि सम्मान गरिएको थियो । कपिलवस्तु नगरपालिकाकी उपप्रमुख लक्ष्मी गुप्ता, सहायक प्रमुख जिल्ला अधिकारी रामेश्वर अर्याल, नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बिमलराज आचार्य, कपिलवस्तु नगरपालिकाको शिक्षा शाखाका उप सचिव हरि प्रसाद ज्ञवाली लगायतले साक्षरताका कार्यक्रमलाई निरन्तरता दिईनुका साथै समग्र नगरपालिकालाई नै खुल्ला दिसा मुक्त बनाउने अभियान सफल पार्न सबैको सहकार्य आवश्यक रहेको बताएका थिए ।