संजय रेग्मी
वैशाख १०, २०७५
पर्वत : २०७२ सालको भूकपम्प गएको ४ बर्ष पुग्न एक दिन बाँकी रहँदा बुधबार बिहान पुन भूकम्पको धक्का महशुस भएको छ । बिहान साढे ६ बजेको समयमा करीब देशैभरी नै भूकम्पको धक्का महसुस भएको हो ।
भूकम्पका कारण घरहरु हल्लिएका थिए । उक्त भूकम्प कति रेक्टरको थियो ? र यो नयाँ भूकम्प हो यो २०७२ सालको भूकम्पको पराकम्पन हो भन्ने बारेमा विवरणहरु आउन बाँकी रहेका छन । भूकम्प ठूलै झड्का साथमा आएको थियो भने कहीँ कतै क्षती भएको विवरण भने यो समाचार तयार पार्दा सम्म आएका छैनन् ।