संजय रेग्मी
वैशाख १०, २०७५
पर्वत : पर्वत सदरमुकाम कुश्मामा रहेको नारायण माध्यमिक विद्यालयको ६० औँ बार्षिकोत्सव तथा ३७ औँ अभिभावक दिवस सम्पन्न भएको छ । गएको शैक्षिक सत्र २०७५ मा विद्यालयले आयोजना गरेका बिभिन्न अतिरिक्त क्रियाकलापहरु, कक्षागत, पुरस्कारहरु वितरण सहित सांस्कृतिक कार्यक्रमहरु आयोजना गरेर वार्षिकोत्सव मनाईएको हो ।

कार्यक्रममा बोल्दै कुश्मा नगरपालिकाकी उपप्रमुख सिता काप्mले लामिछाने स्थानीय तहहरुले शिक्षा क्षेत्रमा आवश्यक बजेट बिनियोजन गर्नुपर्ने धारणा राख्नुभयो । अहिलेका विद्यार्थीहरुहरुमा नैतिक शिक्षाको अभाव देखिएको बताउँदै उहाँले बालबालिकाहरुमा संस्कार सहितको धारणा विकास गर्नको लागि शिक्षक र विद्यालय भन्दा पनि अभिभावक बढी संवेदनशील हुनुपर्ने उल्लेख गर्नुभयो ।

यस्तै, कुश्मा नगरपालिकाका नगर शिक्षा अधिकृत राजेन्द्रबहादुर क्षेत्रीले अब हरेक बिद्यालयमा कम्प्यूटरमा दक्ष शिक्षकहरुको आवश्यकता रहेको बताउँदै विद्यालयमा कार्यरत शिक्षकहरुले आई.सी.टी.को अधिकतम प्रयोग गर्न सुझाव दिनुभयो । नारायण मा.वि. नमूना बिद्यालयको रुपमा छनोटमा परेकोमा बधाई ज्ञापन गर्दै अधिकृत क्षेत्रीले विद्यालयले अहिलेसम्म पनि राम्रो शैक्षिक उपलब्धि हासिल गरेकोमा खुसी ब्यक्त गर्नुभयो । यसलाई निरन्तरता दिन आउँदा दिनमा पनि सबै पक्षलाई उत्तिकै सबल बनाउनुपर्ने उहाँको भनाई छ ।

यस्तै, शिक्षा विकास तथा समन्वय इकाई कार्यालय पर्वतका प्रमुख उद्धिमराज पौडेलले विद्यार्थीहरुमा अन्तरनिहित प्रतिभाको प्रस्फुटन गर्न विद्यालयले बढी जोड दिनुपर्ने बताउनुभयो । यस अगाडि भएका एस.ई.ई. परीक्षामा बिद्यार्थीहरुले चोर्ने प्रयास गरिरहेको देखीनुले अझै पनि चोरेर पास गर्ने प्रवृत्ति रहेको अनुगमनका क्रममा भेटीएको उहाँको भनाई छ । यसको समाधानका लागि सबै विद्यालयलहरुले विशेष ध्यान दिनुपर्ने उहाँको भनाई छ ।

कार्यक्रमबाटै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमाकान्त शर्माले १ लाख १ सय ५ रुपैयाँको अक्षयकोष स्थापना गर्नुभएको छ । विद्यालयमा उत्कृष्ट काम गर्दै आएका शिक्षक, कर्मचारी, चासो दिने अभिभावक र जेहेन्दार विद्यार्थीलाई सोही अक्षयकोषबाट आएको ब्याजले पुरस्कार प्रदान गरिने छ । उक्त अक्षयकोषबाट यस बर्ष भने कर्मचारीद्धय देवी माझी र लालबहादुर के.सी तथा शिक्षकद्धय लक्ष्मी बोगटी र देवी बि.क. पुरस्कृत हुनुभएको छ । यसगैरी, विद्यालय व्यवस्थापन समितिका सदस्य तथा मनकामना स्टेशसनरीका संचालक मुक्तिराम शर्माले पनि बाल कक्षामा प्रयोग हुने ठूलो परिमाणका शैक्षिक सामग्री र खेलौनाहरु निशुल्क रुपमा प्रदान गर्नुभयो ।
विद्यालयका लेखापाल पद्यमलाल गौतमले आर्थिक प्रतिवेदन पेश गर्नुभएको बार्षिकोत्सव कार्यक्रममा विद्यालयकी प्रधानाध्यापक अम्बिकादेवी लोहनी आचार्यले विद्यालयको समग्र विवरण सहित आगामी कार्ययोजनाका बारेमा जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा बिभिन्न शीर्षकमा अक्षयकोषदाताहरुले स्थापना गर्नुभएका झण्डै २ लाख भन्दा बढी रकम बराबरका पुरस्कारहरु वितरण गरिएका छन । कार्यक्रममा अभिभावक, बिद्यार्थी, कर्मचारी लगायतलाई पनि सम्मान गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमाकान्त शर्माको अध्यक्षतामा भएको कार्यक्रममा विद्यार्थीको तर्पmबाट राजवी पौडेल, आविष्कार पौडेल, शर्मिला शर्मा र सम्झना लामिछाने, शिक्षकको तर्पmबाट चिरञ्जीवी लामगादे, पूर्व प्रधानाध्यापक पृथ्वीनारायण शर्मा, शिवालयमा मा.वि.को विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईश्वर गिरी, गुप्तेश्वर बहुमुखी क्याम्पसका अध्यक्ष सुन्दरप्रसाद जोशी र प्रमुख सुवास पन्त, अभिभावक, लगायतले बोल्नुभएको थियो । कार्यक्रममा शिक्षकहरुको बीचमा आयोजना गरिएको घैँटोफोड प्रतियोगितामा बिजेता बन्नुभएकी प्रधानाध्यापक अम्बिकादेवी लोहनी आचार्य र शिक्षक गोविन्द ढकाललाई पनि सम्मानपत्र सहित पुरस्कार प्रदान गरिएको थियो । विद्यार्थीहरुले नृत्य र गीत सहित साँस्कृतिक प्रस्तुतीहरु दिनुभएको कार्यक्रममा लोकदोहोरी गायक सूदीप क्षेत्रीको विशेष सांगितिक प्रस्तुती रहेको थियो । उक्त कार्यक्रमको संचालन विद्यालयका शिक्षकहरुद्धय गोविन्द पोखरेल र संजय रेग्मीले गर्नुभएको थियो ।
सामुदायिक विद्यालयबाट पर्वत जिल्लाबाट नमूनाको रुपमा छनोटमा परेको नारायण माध्यमिक विद्यालयमा झण्डै १३ सय बिद्यार्थीहरु अध्ययनरत रहेका छन । अंग्रेजी र नेपाली दुवै भाषाको माध्यमबाट अध्यापन गराउँदै आएको विद्यालयले हरेक कक्षामा २ ओटा सेक्सनमा बाँडेर कक्षा संचालन गर्दै आएको छ ।