१० वैशाख

पर्वत – पर्वतको जलजला गाउँपालिका ५ धौलापर स्थायी घर भई हाल जलजलाको ३ पर्वत बेनीमा बसोबास गर्नुहुने गुरुङ परिवारले म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्तिकोषलाई ५५ हजार पाँचसय ५५ रुपियाँ सहयोग गर्नुभएको छ ।
शान्तिकोषको संरक्षक सदस्य समेत रहनुभएका रुद्रबहादुर गुरुङले आफ्नो आमा गौसुवा गुरुङको चौरासी पुजाका अवसरमा गरिएको तुलादान बापतको उक्त रकम सोमबार कोषका अध्यक्ष राजेश शाक्यलाई हस्तान्तरण गर्नुभएको हो ।
गौसुवा गुरुङको बैशाख ६ गते चौरासी पुजा गरिएको थियो । चौरासी पुजाको अवसरमा तुलादानको रकम गरिब र विपन्न उपचार कोषमा आमाको इच्छा अनुसार सहयोग गरेको गुरुङले बताउनुभयो ।
गुरुङ कल्याण कोषका अध्यक्ष समेत रहनुभएका रुद्र सामाजिक सेवामा क्रियाशिल हुनुहुन्छ । कल्याणकोषले सामाजिक क्षेत्रमा सहयोग पु¥याउदै आएको छ ।