१० वैशाख

काठमान्डौ । नग्न अबस्थामा मृत फेला परेकी रिना बस्नेतको श्रीमान दुबईबाट पथरी आइपुगेका छन् । छोरा सहित पथरी रहेकी श्रीमतीको रहस्यमय मृत्यु भए पछी रिनाका श्रीमान सन्तोष बस्नेत पथरी आएका हुन । मृतकका छोरा साईमनले आमासँग पटक पटक फोन सम्वाद गर्ने र भेटने ब्यत्ति कमल नेपाल भएको र मृत भेटिएको राति समेत उनकै फोन आईरहेको बताएपछि घटना थप रहस्यमय बनेको थियो ।

रिनाको हत्या भएको र उनको हत्यामा संलग्न ब्यत्तिलाई पक्राउ नगरेको भन्दै स्थानीयले सोमबार दिनभर सडकमा निस्किएर प्रर्दशन गरेका थिए । चक्काजाम सहितको प्रर्दशन पछि संघर्ष समिति ने गठन गरेर मंगलबार बिहानबाट थप आन्दोलन गर्ने तयारी भईरहँदा शंकास्पद ब्यत्तिलाई नियन्त्रणमा लिईसकेको र अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

घटनामा नाम मुछिएका ब्यत्तिलाई अनुसन्धानका लागी नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ । पथरीमा ब्यबसाय गर्दै आएका ति ब्यत्ति मोरङको सुन्दरहरैचा निबासी हुन । पथरीमा कस्मेटिक ब्यबसाय गर्दै आएकी रिना शनिबार बिहान पथरी १ मा रहेको आफनै डेरा अघि सडकमा नग्न अबस्थामा मृत फेला परेकी थिईन । पथरी आइपुगेका सन्तोषले घटनामा निष्पक्ष छानबिनको माग गरेका छन ।