७ बैशाख

श्रीभद्र पौडेल,हेमजा।बोक्सी कु–प्रथा बिरुद्घको अभियान कञ्चनपुर र बर्दिया जिल्लामा सम्पन्न भएको छ । मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपालले उक्त अभियान संचालन गरेको हो ।

कञ्चरपुरको दोधारा चाँदनी नगरपालिकामा आइतवार भएको कार्यक्रमलाई सम्बोधन गर्दै ७ नं. प्रदेश सांसद मानबहादुर सुन्दासले बोक्सी कु–प्रथा बिरुद्घको अभियान समय सान्दर्भिक रहेको जनाउँदै अभियानको संदेशलाई नेपालका सबै स्थानिय तहमा लैजानुपर्ने आवश्यकता औँल्याउ ।

त्यस अवसरमा नगरपालिकाका उपमेयर बिनी गिरी, संस्थाका अध्यक्ष कोविदशरण उपाध्याय, संरक्षक भुवनेश्वर शर्मा पौडेल, स्थानीय कृष्ण समाज विकास नेपालका अध्यक्ष भुवन विहारी पन्त लगायतले अभियानको समग्र अवस्थामाथि प्रकाश पारेका थिए ।

सो अवसरमा अधिवक्ता भीमप्रसाद श्रेष्ठले प्रशिक्षण दिनुका साथै अग्निदहन चलचित्र पनि प्रदर्शन गरिएको थियो ।त्यस्तै बोक्सी कु–प्रथा बिरुद्घका सामाजिक गीतहरु लगायत बोक्सी कसुर ऐन २०७२ बितरण गरिएको थियो ।

त्यस्तै उक्त अभियान मंगलवार बर्दिया जिल्ला स्थित बढैयाँताल गाउँपालिकाको मैनापोखरमा सम्पन्न भएको छ ।कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका उपाध्यक्ष दीपाकुमारी गौतमले अभियान सराहनीय भएको जनाउँदै सरकारले त्यसमा साथ दिनुपर्ने भनाई राखिन् ।

कार्यक्रमका बीच अधिवक्ता भीमप्रसाद श्रेष्ठले प्रशिक्षण दिनुका साथै अग्निदहन चलचित्र प्रदर्शन गरिएको थियो ।त्यस्तै बोक्सी कु–प्रथा बिरुद्घका सामाजिक गीतहरु लगायत बोक्सी कसुर ऐन २०७२ वितरण पनि भएको थियो ।

उक्त अभियानका लागि पोखराबाट प्रतिष्ठानका अध्यक्ष कोविदशरण उपाध्याय, संरक्षक भुवनेश्वर शर्मा पौडेल, अभिवक्ता भीमप्रसाद श्रेष्ठ, प्रतिष्ठान सदस्य नारायण देवकोटा सम्मिलीतको टोली त्यसतर्फ गएको थियो ।दुबै कार्यक्रम प्रतिष्ठानका अध्यक्ष उपाध्यायको अध्यक्षतामा भएको हो।