७ वैशाख

पोखरा,गण्डकी प्रदेश सरकारले चार सय भन्दा बढी होमस्टे सञ्चालकहरुलाई होमस्टे सम्बन्धी तालिम दिने भएको छ । गण्डकी प्रदेश सरकारको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेजसँगको सहकार्यमा दुई सय ३२ होमस्टेका चार सय ६२ जना होमस्टे(घरबास) समितिका सदस्यहरुलाई तालिम दिन थालेको हो ।
मन्त्रालयले होमस्टेमा पर्यटकीय पूर्वाधार निर्माणका लागि अनुदान उपलव्ध गराउन सम्झौता गरेका २३२ समितिका सदस्यहरुलाई विभिन्न चरणमा तालीम प्रदान गर्दै जाने जनाएको छ । तालिमा सहभागिलाई पर्यटकको स्वागतसत्कार, सरसफाई, खानपान र खानाका परिकारहरु लगायतका विषयमा प्रशिक्षण दिइने छ । २० लाख पर्यटक भित्राउने गरी प्रदेश सरकारले घोषणा गरेको भ्रमण वर्ष सफल बनाउन होमस्टेको भूमिका रहने महत्वपूर्ण रहने हुदाँ गाँउ जाने पर्यटकहरलाई खानपिन देखि विभिन्न मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रम बाट प्रभावित बनाउने योजना छ ।
सरकारले चालू आर्थिक वर्षमा ३०० सय होमस्टेलाई अनुदान उपलव्ध गराउन रु. ३० करोड बजेट विनियोजन गरेको थियो । प्रत्येक होमस्टेलाई रु. १० लाख बजेट उपलव्ध गराउने नीति अनूरुप प्रश्ताव आह्वान गरिएकोमा आवेदन गरेका २३२ मध्ये १९० समितिसँग सम्झौता गरिएको र बाकीँ होमस्टेलाई पनि आवश्यक कागजातहर मागगरि सम्झौता प्रक्रियामा लैजाने बताईएको छ ।
बिभिन्न चरणबद्ध रुपमा भईरहेको तालिमको शनिवार दोस्रो चरणको समापनका अवसरमा गण्डकी प्रदेशका उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री विकास लम्सालले जनताले गरिव भएँ भनेर टाउको समाउने दिनको अब अन्त्य हुने बताउनुभयो । मुलुक आर्थिक समाजबादको बाटोमा अघि बढेको धारण राख्दै उहाँले सामाजिक, आर्थिक रुपान्तरणको दिशामा प्रदेश सरकारले काम गरिरहेको दावी समेत समेत गर्नुभयो ।
मन्त्री लम्सालले गण्डकी प्रदेश सरकारले गाउँ गाउँका गरिब जनताहरलाई केन्द्रित गरेर प्रदेश सरकारले बिभिन्न सिप मुलक तथा व्यवसायीक तालिम प्रदान गर्दै आर्थीक रुपमा सु—सम्पन्न गराउने सरकारको योजना अगाडि बढीरहेकाले अब गण्डकी प्रदेशका कुनै पनि जनताहरु गरिवीको रेखामुन बसीरहनु नपर्ने दाबी गर्नुभयो । गरिव जनताहरुलाई व्यवसायीक बनाउदै आर्थीक रुपमा सम्पन्नशाली बनाउने एक आधार होमस्टेलाई लिएको बताउदै उहाँले सरकारले प्रदान गरेको उक्त तालिम बाट धेरै फाईदा आर्जन गर्न आग्रह गर्नुभयो । पहिलो कुरात तपाईहरुको जोश जाँगर हुनुपर्छ ्,सरकारले सामर्थ र क्षमताले धान्न सक्ने आर्थिक, भौतिक, नैतिक, प्राविधिक सबै सहयोग प्रदान गर्दछ, मन्त्री लम्सालले भन्नुभयो,यसै बाट तपाई समृद्धशाली बन्नुपर्छ ।
गाउँघरका परम्परागत खानेकुरालाई आधुनिक शैलीमा लैजादै स्थानिय उत्पादनका बस्तुहरुका विभिन्न खानाका परिकार र आफ्ना सांस्कृतिक कार्यक्रमहरु बाट पर्यटकहरु लाई प्रभावित बनाई रकम झार्न सक्दो प्रयासमा लाग्न समेत होमस्टे सञ्चालकहरलाई आग्रह गर्नुभयो । मन्त्री लम्सालले परम्परागत गुजरा शेली बाट माथी उठी व्यवसायीक जिवनमा फर्काउन होमस्टेको अवधारण ल्याएको समेत प्रस्ट पानुभयो ।

तालिम बाट आफुले होमस्टे सञ्चालन गर्न आवश्यक ज्ञान र सिप आर्जन गर्ने अवसर प्राप्त गरेको तालिममा सहभागी गिता वि.क.ले बताउनुभयो । होमस्टेमा पाहुना आएपछि रहनसहन, संस्कृति, खानपनि देखि बोलीचालीलाई नजिकबाट साक्षतकार गर्ने ज्ञान प्राप्त गर्न पाउदा होमस्टे सञ्चालकहरु निकै उत्साहित छन् ।