३ वैशाख
पर्वत —  नव वर्षमा आफ्नै परम्परागत मौलिक खाना र स्थानीय संस्कृतिअनुसार मनाउन पर्वतमा प्रथम सडक खाना महोत्सव आयोजना गरेको सडक महोत्सव समापन भएको छ । पर्वत जेसिजले नेपाली नव वर्ष २०७६ को अवसरमा पहिलो पटक सडक महोत्सवको आयोजना गरेको हो ।
महोत्सवको समापन समारोहलाई सम्बोधन गर्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसांसद अर्जुनप्रसाद जोशीले राजनीति गर्नेहरुले पद र दलगत स्वार्थ भन्दा माथि उठेर जिल्लाको विकास र पहिचानमा लाग्नुपर्ने बताएका हुन ।
आकाशका तारा झार्ने गफ दिनुभन्दा पनि बास्तविक काम गर्नुपर्ने भनाई उनको थियो । गाउँगाउँमा हरेक विकास निर्माणका सुविधा पु-याएर बिदेशीका पर्वतेली युवालाई जिल्लामा रहेर रोजगारी मिल्ने काम गर्ने हो भने धेरै सम्भावना र सम्भव रहेको धारणा राखे। पर्वत जिल्ला पर्यटकीय, धार्मिक र ऐतिहासिक स्थलहरु, अग्ला पुलहरु, बञ्जीजम्प, आकर्षक गुफाहरुका कारण विश्वमै छुट्टै पहिचान बनाउन सफल भएको भन्दै उनले जिल्लाको थप पहिचानमा राजनीति गर्नेहरुले पनि महत्वपूर्ण भुमिका खेल्नुपर्ने बताए ।
उक्त समापन समाहरोहमा पर्वत उद्योगवाणिज्य संघका अध्यक्ष लगायतले आपनो धारणा राखेका थिए । कार्यक्रमको संचालन पर्वत जेसिजका महासचिव रामू शर्माले गरेका थिए ।

नव बर्ष २०७६ को अवसरमा चैत ३० गतेदेखि सुरु भएको सडक खाना महोत्सव सोमबार सम्पन्न भएको हो । आन्तरिक पर्यटन प्रर्बद्धन गर्ने तथा लामा र अग्ला पुलले घेरिएको कुश्मालाई नव बर्ष मनाउने पर्यटकीय गन्तब्य बनाउने उद्देश्यले सडक खाना महोत्सब आयोजना गरिएको पर्वत जेसिजका अध्यक्ष मोहन आचार्यले जानकारी दिए ।