संजय रेग्मी
चैत २९, २०७५
पर्वत : लाईफ ईन्स्योरेन्स कर्पोरेसन नेपालले बिमा गर्न चाहानेहरुका लागि आप्mना बिमा योजना अन्तर्गत नयाँ बीमा योजना बजारमा ल्याएको छ ।
कम्पनीले धनबृष्टि धन फिर्ता बीमा योजना बजारमा ल्याएको कम्पनीको बागलुङ शाखाका प्रबन्धक शम्भु शर्मा शिलवालले जानकारी दिनुभयो । उहाँका अनुसार यो योजनामा १३ बर्ष उमेरदेखि ६० बर्ष उमेर समूहका व्यक्तिहरुले बीमा गर्न सक्नेछन् । प्रत्येक ३÷३ बर्षमा बिमांक रकमको निश्चित रकम फिर्ता हुने यस योजनाको न्यूनतम बिमांक रकम १ लाख रुपैयाँ र अधिकतम जति सम्म पनि कायम गरिएको छ । १० र १५ बर्षसम्मको अवधि रहेको यस बीमा योजनामा १० बर्षे बीमा गराउँदा हरेक ३ बर्षमा बिमांकको ३३ प्रतिशत र १५ बर्षे गराउँदा १५ प्रतिशत रकम फिर्ता गरिने छ भने सोही रकमलाई लगानी गरेर फाइदा लिन सकिने छ । शिलवालका अनुसार यो बीमा योजनामा अधिकत ७५ लाख रुपैयाँको दुर्घटना लाभ र स्थायी असक्तता लाभ समेत समावेश गरिएको छ । योजना आएसंगै साबिकको धौलागिरी बागलुङ, पर्वत र म्याग्दी जिल्लामा पनि उत्साहजनक रुपमा बिमा गर्ने काम भैरहेको कम्पनीले जनाएको छ ।
यस्तै, कम्पनीका एजेन्सी म्यानेजर गोविन्द अधिकारीले किस्ता स्वरुप फिर्ता गरेको रकमलाई लगानी गर्न सक्ने भएका कारण बीमितहरुले स्वालम्बी बन्न सक्ने बताउनुभयो । यस बिमा योजनाले पर्वतका धेरै जनालाई आकर्षित गरेको उहाँको भनाई छ ।