चैत २८, २०७५
मुस्ताङ : जिल्ला प्रहरी कार्यालय मुस्ताङले खानका लागि अयोग्य रहेको भन्दै काठमाण्डौबाट लगिएको ब्रोईलर कुखुराको तयारी मासु बरामद गरी नष्ट गरेको छ ।
देशका विभिन्न ठाउँमा बर्ड प्mलूको सङ्क्रमण देखिएपछि साबिकको धौलागिरीका चार जिल्लाहरू पर्वत, म्याग्दी, बागलुङ र मुस्ताङमा पक्षी र पक्षीजन्य पदार्थको आयात निर्यातमा रोक लगाइएको छ । तर अवैध रूपमा गोप्य रूपमा पक्षीको मासु आयात निर्यात भइरहेको भन्ने हल्ला चलेकै बिचमा मुस्ताङ प्रहरीले बसको छतमा राखी लुकाएर मुस्ताङ नै पु¥याएको ब्रोईलर कुखुराको मासु बरामद गरेर नष्ट गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख प्रहरी नायव उपरीक्षक तुलबहादुर कार्कीले काठमान्डौंबाट ८ ओटा सेतो बोरामा राखेर जोमसोम पु¥याईएको ३ सय २० किलो मासु बरामद गरी नष्ट गरिएको जानकारी दिनुभयो । धादिङ फ्रेस हाउस लेखिएको बोरामा प्याक गरिएको उक्त मासु पशु भेटनरीको प्रमाणपत्र सहित ल्याइएको भए पनि असुरक्षित तथा पशुजन्य मासुको आयात मापदण्ड पूरा नगरेकाले जफत गरी नष्ट गर्नु परेको उहाँको भनाई छ ।
घरपझोङ गाउँपालिका ४ सैनिक ब्यारेक नजिकैको धादिङ फ्रेस हाउसमा बिक्री गर्न ल्याएको उक्त बोईलर कुखुराको मासु अव्यवस्थित, असुरक्षित र खानयोग्य नभएको भन्दै गाउँपालिका, प्रशासन र प्रहरीको संयुक्त टोलीले नियन्त्रणमा लिएको थियो । उक्त मासु धादिङ घर भई लामो समयदेखि जोमसोममै फ्रेस हाउस तथा किराना पसल गर्दै आईरहेका तारजित तामाङको पसलका लागि ल्याइएको खुलेको छ ।