२८ चैत्र

पर्वत डिमूवा । डिमूवा खानेपानी तथा सरसफाई अयोजनाको आठौ साधारण सभा तथा पांचौ अधिवेशनको आज मोदि गाउंपालिका अध्यक्ष प्रेम पौडेलले उद्धघाटन गर्नुभयो । उहांले डिमूवा वासीले खानेपानी र सरसफाईको राम्रो व्यवस्थापन गरि संचालन गरेकोमा प्रशंसा गर्नु भयो । आयोजना निर्माण भएको १५ वर्ष विति सक्दा पनि योजना सफल तरिकाले संचालन गर्नु यहांका उपभोक्ताको अतुलनिय योगदान रहेको धारणा राख्नू भयो । तत्कालिन समयमा नेवा र चौतर्फी विकास श्रोत मञ्चले सहयोग गरि निर्माण गरेको भएता पनि हाल वस्ती विस्तार भई खानेपानीको अभाव भएकाले त्यसको व्यवस्थापनका लागी गाउंपालिकाले थप वजेट व्यवस्था गरि समाधान गर्ने वताउनू भयो ।


उक्त साधारणसभामा शूभकामना दिदै वडा अध्यक्ष विमल लामिछानेले खानेपानीको थप मेलाईनका लाग्ी पहल गर्ने र नया श्रोतको व्यवस्थापनका लागी उपभोक्ता नै जागरुक हूनूपर्ने वताउनू भयो । डिमूवा वजारको वस्ती व्यवस्थापनका लागी सवै लाग्नू पर्नेमा जोड दिनू भयो । लोकतान्त्रिक गैरसरकारी संस्था महासंघका जिल्ला अध्यक्ष तथा चौतर्फी विकास श्रोत मञ्चका कार्यकारी प्रमूख गणेश वहादूर क्षेत्रीले वि स २०६० सालमा १०० वटा धारा संचालन हूने गरि डिजाईन गरिएको खानेपानी आयोजना हाल १६९ धारा वितरण हूदा पनि सफल तरिकाले व्यवस्थापन गरेकोमा उपभोक्ता समितिको उच्च प्रशंसा गर्नुभयो । निजि धारामा व्यवस्थापन गरिएको कूश्मा पछिको डिमूवा खानेपानी सफल योजना भएको वताउनू भयो । तत्कालीन द्धन्दको अवस्थामा द्धन्दरत पक्ष संग वार्ता गरि खानेपानी सम्पन्न गरेको स्मरण गर्नु भएको थियो ।

समितिका सदस्य तिर्थ वहादूर लामिछाने लगायतले योजनाको वारेमा प्रष्ट पार्नु भएको थियो । समितिको अध्यक्ष नूवादत्त लम्सालको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव कूल वहादूर केसीले गर्नु भएको थियो भने स्वागत नन्दलाल भण्डारीले गर्नु भएको थियो ।
उक्त साधारण सभा तथा अधिवेशनले दिपेन्द्रजंग लामिछानेको अध्यक्षतामा १३ सदस्यीय समिति चयन गरेको छ । जस्मा उपाध्यक्ष देवी रीमाल,सचिव कूल वहादूर के सी,सह सचिव मिठूलाल वि क कोषाध्यक्ष विक्रम लामिछाने र सदस्यहरुमा विष्णू पौडेल,ओम वहादूर वि क,रेखा लामिछाने,लक्ष्मण श्रेष्ठ,महेश्रर लामिछाने,टिकाराम शर्मा,पहल वहादूर कूवर,मन रुपा तिमिल्सीना रहेका छन् भने प्रमूख सल्लाहकारमा निवर्तमान अध्यक्ष नवादत्त लम्साल रहनू भएको छ ।


उक्त खानेपानी आयोजना वाट हाल ३०२ घरधुरीका २६६८ जना लाभान्वित भएका छन् । जस्मा १६१ वटा निजि धारा र ८ वटा सार्वाजनिक धारा वितरण गरिएको छ । प्रति १२ हजार लिटरमा रु ४० न्यूनतम शुल्क लिने गरेको तथा थप प्रति हजार लिटर प्रयोग भएमा रु ५ थप शूल्क लिने गरेको समितिका निवर्तमान अध्यक्ष नूवादत्त लम्सालले वताउनू भयो ।
उक्त समितिको मूद्दती खातामा ५ लाख वचत खातामा ४ लाख ५८ हजार वचत रहेको छ । उक्त आयोजना संचालनका लागी २ जना कर्मचारी परिचालन गरिएको छ ।
डिमूवा वजारमा वस्ती वढ्नेक्रम धेरै भएकाले पानीको समस्या थप जटिल हूने भएकाले थप नया श्रोतको खोजिमा नया समिति लाग्ने नव निर्वाचित अध्यक्ष दिपेन्द्रजंग लामिछानेले वताउनू भयो ।