२७ चैत्र

फलेवास नगरपालिका–१ कार्कीनेटाका वडाध्यक्ष विरुद्ध प्रशासनमा उजुरी परेको छ । वडाध्यक्षले सार्वजानिक स्थालमा हातपात गरेको भन्दै प्रशासनमा उजुरी परेको हो । जिल्लाको फलेवास नगरपालिका–१ कार्कीनेटाका वडाध्यक्ष बावुराम शर्माले बाटोमा हिँड्ने क्रममा एक्कासी हातपात गरेको भन्दै महाशिला गाउँपालिका–५ लुंखु निवासी दोणराज पौडेलले जिल्ला प्रशासनमा उजुरी हालेका हुन् । आफुमाथि गालीबेइजती तथा कुटपिट गरिएको भन्दै प्रशासनमा गरिएको उजुरीमा शान्ति सुरक्षाको सहित दोषीलाई पक्राउ गरी कार्वाहीको माग गरिएको छ ।

घटना चैत्र १८ गते विहान भएपनि चोट र मानशिक तनावका कारण २० गते प्रशासनमा दर्ता गरेको उजुरीमा उल्लेख छ । शान्ति सुरक्षा कायम गरी जिउ ज्यानको समेत सुरक्षाको माग गरेका निवेदकको उजुरी जिल्ला प्रशासन पर्वतमा दर्ता भएको छ । पीडित पौडेलले जिल्ला प्रशासन सँगै जिल्ला प्रहरी कार्यालय र राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेश कार्यालय पोखरामा उजुरी गरेका छन् । दर्तासँगै प्रशासनले उजुरीमा किटान गरिएका वडाध्यक्ष शर्माले गत सोमवार पोखरामा बुवाको उपचार गरि घर फर्किने क्रममा कार्कीनेटा बजारमा शौचालय जाने क्रममा अपशब्द प्रयोग गरि थप कुटपिट गरेको उल्लेख छ ।

साथै आफुले भागेर बाँच्न सफल भएको उजुरीमा जनाईएको छ । साथै सार्वजानिक पद धारण गरेको व्यक्तिले आफूमाथि योजनाबद्ध आक्रमण भएको भन्दै कडा कार्बाहीको माग गरेका छन् । जिल्ला प्रशासन कार्यालय पर्वतले भने यस विषयमा दुवै पक्षसँग गर्ने र दोषीलाई कारबाही गरिने बताएको छ ।

यता फलेवास नगरपालिकाका प्रशासकिय अधिकृत मोतीराम सापकोटाले यसबारे आफुलाई कुनै जानकारी नभएको बताउनु भयो । वडाध्यक्षलाई बिहान सम्पर्क गर्न खोज्दा उहाँको फोन उठेन । वडाध्यक्ष शर्मा स्थानीय तहको निर्वाचनमा नेकपा एमालेवाट निर्वाचित वडाध्यक्ष हुन् ।