संजय रेग्मी
चैत २५, २०७५
पर्वत : पर्बत मंच हङकङद्धारा ७ अप्रिल २०१९ सांझ ८ बजे चुमलुङ हिमको कार्यलय जोर्डनमा मंचका अध्यक्ष दुर्गा गुरुङ मिलनको अध्यक्षतामा भब्यताका साथ मंचका नव नयुक्त सल्लाहकारहरु लाई र १० वटै ईकाईका अध्यक्षहरुलाई पदेन सदस्य हुनुभएकोमा पर्बत मंच हङकङका अध्यक्ष दुर्गा गुरुङ मिलनले खदा लगाएर बधाई तथा सम्मान गर्नुभएको छ ।

कार्यक्रममा पर्बत मंचमा अबद्ध संस्थाहरुबाट भुकताङले समाज हङकङका अध्यक्ष पदम बहादुर गुरुङ, आर्थर डाँडाखर्क सहयोग समिति हङकङका अध्यक्ष मनोज गुरुङ, दर्लुङ सम्पर्क मंच हङकङका अध्यक्ष उदिम गुरुङ, पैयुँखोला समाज हङकङका अध्यक्ष झम बहादुर गुरुङ, चार भङ्ज्याङ तमु समाज हङकङका अध्यक्ष गंगा बहादुर गुरुङ, पंचासे समाज हङकङ ा अध्यक्ष चंद्र कुमार गुरुङ, देउपुर देउराली समाज हङकङका अध्यक्ष उदय गुरुङ स्वर्ग, पर्बत क्लब हङकङका अध्यक्ष काजिमान गुरुङ, बाजुङ समाज हङकङका प्रतिनिधि शुबास गुरुङ, पुन मगर कल्याणकारी कोष हङकङ अध्यक्ष हेम पुन मगर हुनुहुन्थ्यो । यस्तै, नवनियुक्त सल्लाहकारहरुमा दुर्गा गुरुङ एण्डी, बिसन गुरुङ, काजी कुमार गुरुङ, मीन बहादुर गुरुङ, श्याम प्रसाद गुरुङ, धर्मगरु लामा देबी रास गुरुङ, पदम कुमारी गुरुङ, कर्नेल मीन बहादुर गुरुङ, धरम कुमार गुरुङ, तिर्थ गुरुङ, बिकास गुरुङ, ईन्द्र बहादुर पुन मगर, बल बहादुर गुरुङको उपस्थिति रहेको थियो ।

सोही कार्यक्रममा नवनियुक्त पर्बत मंच हङकङको मिडिया संयोजकमा एच के दर्पण का एडमिन अमृत गुरुङलाई पनि बधाई तथा सम्मान गरिएको थियो । बधाई कार्यक्रमलाई मंचका उपाध्यक्ष तथा कार्यक्रम संयोजक भीम बहादुर गुरुङले संचालन गर्नुभएको थियो भने कोष अध्यक्ष अप्पु र गुरुङ ले स्वागत मन्तब्य दिनुभएको थियो । बधाई तथा सम्मान कार्यक्रम सकिएपछी पर्बत मंचको भावि कार्यक्रम बारे छलफल भएको थियो ।
सो कार्यक्रम लाई मंचका अध्यक्ष दुर्गा गुरुङ मिलनले समापन गर्नुभएको थियो ।