२५ चैत्र

पर्वत । पर्वतको मोदी गाउँपालिका–२ देउपुरदेखि कास्कीको लेखनाथ सम्मको नयाँ मोदी लेखनाथ प्रसारण लाइनको निर्माण कार्य शुरु भएको छ । दुई अर्ब २५ करोड लागतमा बन्न लागेको मोदी–लेखनाथ प्रसारण लाइनको आइतबार एक कार्यक्रमबीच राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले शिलन्यास गरेपछि निमार्ण सुरुवात भएको हो ।
पर्वत भएर बग्ने मोदीखोला र कास्कीमा बग्ने सेतीनदी मर्दीखोलामा बन्ने विद्युत आयोजनाहरुबाट उत्पादित विद्युतलाई पोखरास्थित सवस्टेशनबाट राष्ट्रिय प्रसारण लाइनमा जोड्न नयाँ प्रसारण लाइन निर्माण भएको छ । देउपुरदेखि कास्कीको पोखरा महानगरपालिका लेखनाथसम्म निर्माण हुने प्रसारण लाइन ४२ किलोमिटर लामो हुनेछ भने १ सय ३८ वटा टावर रहने छन् ।
प्रसारण लाइनको शिलन्यास गर्दै राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले राज्यको नीति नै आर्थिक समृद्धिको पक्षमा भएकोले समृद्धि हासिल गर्न ठूला–ठूला आयोजना निर्माण कार्य शुरु भएको बताउनुभयो । उहाँले विकासका आयोजनाहरु समयमा सक्ने परिपाटी विकास गर्न सक्दा मात्रै जनताले छिटो लाभ लिने धारणा राख्नुभयो । सो अवसरमा आयोना तोकिएको समयभन्दा कम्तीमा एक महिना अघि सम्पन्न गर्न आग्रह गर्नुभयो । उक्त शिल्यान्यास कार्यक्रममा संघिय सांसद पदम गिरी, गण्डकी प्रदेशका सांसद ललितकला गूरुड,मोदि गाउपालिका अध्यक्ष प्रेम प्रसाद पौडेल लगायतले आपनो धारणा राखेकाा थिए ।
प्रसारण लाइन डेढ वर्षभित्र सक्ने लक्ष्य राखिएको नयाँ मोदी पोखरा प्रसारण लाइन आयोजनाका प्रमुख रोशन अग्रवालले जानकारी दिनुभयो । प्रसारण लाइन निर्माणका लागि नेपाल सरकार र भारतको एक्जिम बैंकले लगानी गरेका छन् । ‘आयोजनाको जग्गा अधिग्रहण तथा वातावरणीय प्रभाव मुल्यांकन लगायतका काम सक्न पाँच वर्ष लागेपनि अब डेढ वर्षभित्र निमार्ण सक्ने लक्ष्यसहित काम अघि बढाएका छौं,’ आयोजना प्रमुख अग्रवालले भन्नुभयो, ‘स्थानीयस्तरबाट सहयोग पाएमा तोकिएकै समयमा निर्माण सम्पन्न गर्नेछौ ।’
प्रसारण लाइन अन्र्तगत पर्वतको मोदी–२ देउपुर र कास्कीको माछापुच्छ«े गाउँपालिका लाहाचोकमा गरि दुइवटा सबस्टेशन निर्माण हुने भएका छन् । देउपुरस्थित सबस्टेशनमा मोदीखोला र आसपासका नदीबाट उत्पादित विद्युत जोडिने छन् भने लाहाचोक सबस्टेशनमा सेती नदी र मर्दी खोलाबाट उत्पादित विद्युत जोडिने आयोजनाले जनाएकवो छ ।
प्रसारण लाइन र सबस्टेशन निर्माणको जिम्मा भारतको कल्पयात्रु पावर ट्रान्समिसन लिमिटेडले लिएको छ । कम्पनीले नेपालका कोशी करिडोर लगायतका धेरै प्रसारण लाइन निर्माण गरिएको सो कम्पनीका कन्ट्री डाइरेक्टर शिव शंकर सिंहले जानकारी दिनुभयो ।