२४ चैत्र
लुम्ले पोखरा,मध्ये पहाडी लोकमार्ग पोखरा वाग्लूड सडक खण्डको लुम्लेमा वर्षातका कारण सडक हिलाम्मे भएको छ । लामो तथा छोटो दुरीका सवारीसाधनहरु उक्त सडकमा फसेका छन् । सडक निर्माणको क्रममा पूरानो पिच उप्काएर नयां नालि सहितको सडक निर्माण गर्ने क्रममा पांच सय मिटर सडकमा हिलो नहटाएका कारण समस्या आएको हो । कास्की जिल्लाको लूम्ले खण्डमा धेरै पानी पर्ने भएका कारण पनि सडकमा हिलो छरपस्ट भएको छ ।
विरगन्ज,सूनौली देखी आउने मालवाहक गाडीहरु उक्त स्थानमा आएर फस्ने गरेका कारण सवारी साधनको लामो जाम पर्ने गरेको छ । यात्रूहरु आपनो गन्तव्यमा पूग्नका लागी धेरै समय खर्चिनू परेको छ । अतिआवश्यक साधनहरु एम्वूलेन्स,दुधका गाडीहरु पनि जाममा परेका छन् । सूत्केरी,विरामीहरु पनि वाटोमा नै रोकिएर समयमा उपचार पाउन सकेका छैनान् ।
विगत एक हप्ता देखी उक्त खण्डमा समस्या आए पनि न सडक निर्माण गर्ने कम्पनीले ध्यान दिएको छ न राज्यले नै ध्यान दिएको छ । सर्वसाधरणहरु सरकारलाई सराप्तै यात्रा गरिरहेका छन् । जम्मा ५ सय मिटर सडकमा निर्माण कम्पनीले वा सडक विभाागले गिटि सहितको चोकर विच्छाएमा पनि समस्या समाधान हूने देखिन्छ तर त्यति सम्म  पनि नगरेर संवन्धित निकाय रमिते वनेको छ ।
सडकको हिलो मात्र पन्छाईदिए पनि गाडी सहजै आवतजावत गर्न सहज वन्ने सवारी चालक वताउछन् । सवारी चालकहरु आप-नो सवारी साधन खाडलमा फस्ने र विच विचमा ढुड्गा भएकाले ठोक्किएर गाडीमा नै क्षति पूगेको गूनासो गरेका छन् । उक्त स्थान पार गर्नका लागी स्पिडमा गाडी चलाउनू पर्ने भएकाले सवारी साधन ठोकिएर पट्टा लगायतका पाटपूर्जा भाचिने गरेको वताएका छन् ।
आज झण्डै तीन किमि टाढा सम्म सवारी साधनको जाम परेका कारण यात्रूहरु गन्तव्यमा पूग्न सास्ती पाएका छन् । केहि सवारी साधन विच वाटोमा नै फसेका कारण पनि जाम परेको हो । यस तर्फ सम्वन्धित निकायको ध्यान नगएमा विरामीहरुको विच वाटोमा नै मृत्यू हुने सम्भावना रहेका छ ।