२३ चैत

सीता डोटेल पाल्पा, विश्वकर्मा रुम रिलोडेड नामक फेसबुक ग्रुपमा आबद्ध सदस्यहरुले दुवै मृगौला फेल भएका पोखराका एक युवकलाई नगद रकम सहयोग गरेका छन् । पछिल्लो समय कुराकानी सँगै रमाइलो र अरुलाई खेदो खन्ने माध्यम बनेको फेसबुक विश्वकर्मा रुम रिलोडेड गु्रपले भने कमजोर अबस्थाका व्यक्तिलाई आर्थिक सङ्कलन गरि उदारणीय काम गरेका छन् ।

सानै उमेरदेखि मृगौलामा खराखी देखिएकोमा झण्डै २ बर्षअघि दुवै मृगौला खराब भएका पोखरा २३ ठुलाखेत बस्ने १८ बर्षिय सन्तोष विश्वकर्मा सो ग्रुपमा आबद्ध छन् । सोही ग्रूपका सदस्य पाल्पा रामपुरकी विनिता सुनारको पहल र अग्रसरतामा ग्रूपका सदस्यहरुले चलाएको ‘सन्तोष बचाऊ अभियान’बाट सङ्कलित ७० हजार रुपँया रकम सन्तोषकी आमालाई प्रदान गरिएको सुनारले बताइन् ।

सन्तोष कै घरमा पुगेर ग्रुपमा आबद्ध सदस्यहरले रकम हस्तान्तरण गरेका हुन् । सन्तोषको दुवै मृगौला खराब भएपछि आफ्नै आमाले मृगौला दिनेभएपनि आर्थिक अबस्था कमजोर भएकोले मृगौला प्रत्यारोपण हुन सकेको छैन । लामो समयदेखि सन्तोषले डाइलाइसेस गर्दै आएका छन् । सामान्य परिवारका सन्तोष स्वस्थ्य भएर कमाउन सक्ने हुन आहन्छन् । सन्तोषका परिवारले उनको उपचारका लागि भएको लाखौं रकम सकिएको र आर्थिक अबस्था कमजोर भएकाले नै अप्रेसन गर्न नसकिएको उनकी आमाले बताइन् ।

सहयोग रकम जुट्नु साथ मृगौला प्रत्यारोपण गरि छोरोको सपना पुरा गर्ने उनले बताइन् । उनको स्वास्थ्य उपचारका लागि सहयोग गर्न चाहनेले मेघा बैंकमा ००३६००५००४७४०६ नम्बरको खाता खोलिएको छ जानकारी समेत गराइन् । गु्रप खोले सँगै सामाजिक काममा सक्रिय ‘‘विश्वकर्मा रुम रिलोडेड’’ ले हाल बारा र पर्सामा हावाहुरीका कारण भएको धनजनको क्षतिमा सहयोग गर्ने हेतुले सहयोग सङ्कलन अभियान चलाइरहेको छ । आर्थिक सहयोग रकम सङ्कलन अभियानमा साथ दिने सबैमा धन्यवाद दिदै सुनारले आगामी दिनमा पनि समस्यामा परेकालाई सहयोग र साथ दिन ग्रुपका सबै सदस्यहरु यसैगरि लाग्ने बताइन् ।