२३ चैत्र

ठमेलस्थित फोखरा दोहोरी नाचघरमा शुक्रबार रातको वातावरण बेग्लै थियो । नाचघरका सञ्चालिकाद्वय सुचित्रा घिमिरे तथा सुमी श्रेष्ठले लोकदोहोरी गायनको क्षेत्रमा योगदान दिएका स्रष्टाहरूलाई सम्मान गर्न विशेष कार्यत्रम आयोजित गरेका थिए ।

राती ९ बजेपछि प्रारम्भ भएको कार्यक्रममा लोकगायक नारायण रायमाझीदेखि लोकगायिका मञ्जु पौडेलसम्मलाई सम्मानित गरियो । राजु परियार, रेशम थापा, खुमन अधिकारी, कृष्ण कँडेलले सम्मान ग्रहणपछि गीत–संगीत समेत प्रस्तुत गरे ।

समारोहमा लोकदोहारी गीतका म्युजिक भिडियोमा कोरियोग्राफी गर्दै आएका शिव हमाल, बाबुराम बोहरा तथा उदिराम खड्का पनि सम्मानित भए भने गायिका मञ्जु पौडेलको प्रस्तुतिमा कलाकारहरूले समेत कम्मर मर्काए ।