२२ चैत्र

महेन्द्र जिसी, पर्वत ,गरीव ,विपन्न, अनाथ र विद्यालय वाहीर रहेका वालवालिकाहरुलाई शिक्षाको पहुँचमा पु-याउने उदेश्यले पर्वतमा सञ्चालित असल छीमेक गुड नेवरर्स परियोजनाले वाल मनोविज्ञानमा असर पु-याएको प्रभावित विद्यालयले बताएका छन । परियोजनाले नसमेटेका वालवालिकाहरुको मनोविज्ञान सँगै वाल अधिकारको समेत हनन पुगेको विद्यालयहरुले बताएका हुन । प्राभावित विद्यालयका शिक्षकका अनुसार परियोजनाले एउटै कक्षाका केही वालवालिकाहरुलाई समेटने र केहीलाई नसमेटने गरेका कारण विद्यालयबाट विद्यार्थीहरु बाहीरीने दर बढेको हो । । परियोजनाले समेटेको मोदी तीन को विद्याजोती प्राथमीक विद्यायका प्रअ राधा कुमारी लामीछानेका अनुसार परियोजनाले समान वितरण गर्ने कक्षामा विद्यार्थी नै नआउने गरेको कारण चालु वर्षमा कक्षा नै खाली भएका हुन । प्रअ राधा कुमारी लामीछानेले संस्थाको सहयोग अपुग भएपनि विद्यालयमा विद्यार्थी घटीरहेको बताउनु भयो ।

परियोजनाले छनौट गरेको भन्दै आवश्यक नै नभएका वालवालिकाहरुलाई समान दिईनु र परियोजना भन्दा बहीर रहेका थप कमजोर आर्थिक अवस्था भएका वालवालिकाहरु नसमेटीनु दुखद भएको प्रभावित विद्यालयले बताउँदै आएका हुन । जिल्लाका २२ विद्यालयका १४ सय ६० वालवालिकाहरुलाई अध्यायन गराईरहेको छ । परियोजनाका कर्मचारीहरुले विद्यालयका शिक्षकसँग सहकार्य नगरी आँफु खुशी संस्थाले समेटेका वालवालिकाहरुलाई स्टेशनरी पोषक र जुत्ता वितरण गर्दा नपाउने विद्यार्थीहरुले विद्यालय छाडने गरेका हुन सँगैका साथीले गैससको सहयोगमा समाग्री पाउँदा र आँफुले नपाउँदा विद्याथीहरुको मनोभावना नै सरकारी शिक्षा प्रति विग्रेको परियोजनाले समेटेका विद्यालयका शिक्षकहरुको भनाई रहेको छ ।

बाईट वासुदेव तिमल्सेना

शिक्षक हिमालय मावि देउपुर पर्वत

सन २०१६ देखी सञ्चालित परियोजनाले मोदी गाउँ पालिकाका , हिमालय मावि ,जननेत्र माविल , भुक मावि सँगै विद्याजोती प्रावि लगायतका विद्यालयमा काम गर्दै आएको हो । तीन वर्ष अघि शुरु भएको परियोजनाले अहीले जिल्लाका १३ सय ६० वालवालिकाहरुलाई प्रत्येक्ष रुपमा शैक्षीक सामाग्री वितरण गर्दै आएको हो । परियोजनाका शिक्षा प्रमुख ऋषिराम भुसालले विद्यालयका कक्षाहरु नचलेको अवस्थामा समय मिलाएर सामाग्री वितरण गरेको बताउँदै वालमानोविज्ञानमा असर नपुगेको बताउनु भयो ।

बाईट

ऋषि भुसाल

गुड नेवर्स ईन्टर नेसनल शिक्षा प्रमुख

२२ विद्यालय कार्यक्षेत्र छनौट गरेर विद्यार्थीहरुलाई शैक्षीक सामाग्री वितरण गरीरहेको संस्थाले नसमेटेका वालवालिकाहरु विद्यालय आउन नमान्ने झर्कने अन्यत्र विद्यालयमा जाने गरेका हुन । परियोजनाले विद्यार्थी र अविभावकको आवश्यक्ता भन्दा संस्थाको प्रगतीमा केन्द्रीत रहेर सामानहरु वितरण गर्दा अन्य विद्यार्थीहरुमा वाल मनोविज्ञान समस्या देखा परेको छ । अहीले एउटै वेन्चमा दुई थरी पोषकका वालवालिकाहरु अध्यायन गराउन पर्ने भएका कारण पनि विद्याथीहरुको शिक्षा प्रति एकाग्रता घटेको गाउँ पालिकाले जनाएको छ ।

https://www.facebook.com/mahendra.gc.948/videos/983123248556864/?t=3