२२ चैत्र

काठमाण्डौं । शनिबार (१६ चैत्र) मा भएको नेपाल बार एसोसिएसनको निर्वाचनमा चन्डेश्वर श्रेष्ठ नेतृत्वको वामपन्थी प्यानलले अधिकांस सिटमा बिजय हासिल गरेको छ । निकै सानो मतान्तरका साथ जितहार हुने अनुमान गरिएकोमा सो प्यानलका अध्यक्षका उम्मेदवार श्रेष्ठले पनि झण्डै २ सय मतान्तरका साथ विजय हासिल गरेका छन् ।

अध्यक्षका प्रतिस्पर्धी श्रेष्ठले खसेको कूल मतमध्ये ४ हजार २२ मतका साथ विजय हासिल गर्दा पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समूहका सुनिलकुमार पोखरेलले ३ हजार ८ सय ७३ मत प्राप्त गरे । अध्यक्षमा वामपन्थी प्यालनका श्रेष्ठले विजय हासिल गरेपनि महासचिव पदमा भने लोकतान्त्रिक समूहका लीलामणि पौडेलले लोकप्रिय मतका साथ विजय हासिल गरेका छन् । महासचिव पौडेल पर्वत कूश्मा नगरपालिका वडा नं. २ खुर्कोट निवासी हून । उनि २० औ वर्ष देखी काठमाडौंमा वकालत गर्दै आएका थिए । कानून व्यवसायीका विचमा लोकपृय रहेका पौडेल डोमोक्याट मात्र नभई प्रगतीशील कानून व्यवसायीहरुले पनि मन पराएका थिए ।

लोकतान्त्रिक समूहका पौडेलले ४ हजार १ सय ७८ मतका साथ विजय हासिल गर्दा प्रगतिशील समूहका सुरेन्द्रबहादुर थापाले ३ हजार ७ सय १ मतमात्र पाएका छन् । २५ सदस्यीय कार्यसमितिमा वाम–प्रगतिशील समूहले अध्यक्षसहित ७ उपाध्यक्ष, कोषाध्यक्ष र १४ जना सदस्यमा पनि विजय हासिल गरेको छ ।

लोकतान्त्रिक समूहले चाहिँ प्रदेश–५ को उपाध्यक्षसहित र महासचिव गरी दुई स्थानमा मात्र विजय हासिल गरेको छ । दुई जना पदाधिकारी विजयी भएपनि कुनै पनि सदस्य यो समूहबाट निर्वा्चित भएनन् । यसअघिका निर्वाचनमा वामपन्थी समूह अक्सर भिन्दाभिन्दै रुपमा निर्वाचनमा प्रतिस्पर्धा गर्ने गरेको थियो, त्यसले पनि लोकतान्त्रिक समूहको जीतलाई सहज बनाएको थियो ।

यसपटक एमाले–माओवादी केन्द्रबीच एकता भएपछिको निर्वाचन भएकाले वापमन्थी प्यानल बलियो मानिएपनि कानून व्यवसायीहरुमा सरकार विरोधी रुझानले अप्ठेरो पार्ने आँकलन गरिएको थियो । वामपन्थी प्यानलका अध्यक्षका उम्मेदवार बरिष्ठ अधिबक्ता श्रेष्ठ मृदुभाषी, भद्र र शालिन मानिएपनि लोकतान्त्रिक प्यानलका युवा उम्मेदवार पोखरेल लोकप्रिय मानिन्थे ।

त्यसैले, कतिपयको आँकलन वामपन्थी प्यानलले अध्यक्ष पद गुमाएर बाँकी पदमा विजय हासिल गर्छ भन्ने थियो । तर, लामो समय वकालतका साथै राजनीतिमा समेत बिताएका श्रेष्ठले यी सबै अनुमान सावित गर्दै उल्लेख्य मतान्तरका साथ प्रतिस्पर्धीलाई पराजित गरे ।