२० चैत्र
पर्वत । कुश्मा नगरपालिका वडा नं २ मा सव स्टेशन भएको नेपाल विद्यूत प्राधिकरण कालिगण्डकी प्रसारण करीडोर आयोजना अन्तरगतका प्रभावीत क्षेत्र ख्र्कोट,पाडका उपभोक्तारुले आयोजनाले वाचा गरेका कार्यहरु नगरेको भनी विरोध गरेका छन् । आज उपभोक्ता सरोकार समितिका सदस्यहरुले प्रमूख जिल्ला अधिकारी गूरुदत्त ढकाललाई भेटी निवेदन दिएका छन् ।

कालीगण्डकी करिडोर प्रसारण आयोजना २२० केभी उक्त परियोजना लागूहूदा अर्मादी देखी हिमालय उच्च मावि सम्म मटरवाटो पिच गर्ने,अर्मादी साईडमा आउने पानीको ढलको उचित व्यवस्थापन गर्ने, प्रवाहित उपभोक्ताहरुलाई स्वरोजगारको व्यवस्था गर्ने,प्रकृतिक वातावरण नविग्रने गरि भौतिक संरचना निर्माण गर्ने,हाईटेटेन्सन लाईन वस्ति भन्दा टाढा वाट लैजाने,विद्यूत हाईटेन्सन टावर निर्माण गर्दा प्रभावित उपभोक्ता संग अन्तरकृया गर्ने लगायतका कार्यहरु नगरीकन एक पक्षिय ढंगले आयोजनाको काम वढाएको उपभोक्ताको आरोप रहेको छ ।
कूश्मा नगरपालिका वडा नं. २ का वडा अध्यक्ष यदूनाथ वास्तोला र वडा नं १ का अध्यक्ष देवेन्द्र सूवेदीको नेतृत्वमा आएको उपभोक्ताहरुको टोलीले प्रमूख जिल्ला अधकारी संग आपना माग पेश गरेका हून । प्रमूख जिल्ला अधिकारीको पहलमा कालिगण्डकी प्रसारण आयोजनाका प्रमूख चन्दन कूमार घोस संग छलफल भएको छ । छलफलमा वडा नं २ का अध्यक्ष यदूनाथ वास्तोलाले वर्षातको वेला केटीचौर देखी वगेर आउने पानीले अर्मादीको सयौ रोपनी खेतीयोग्य जमिन पूर्ने र वगाउने भएकाले तूरुन्त कलभर्ट सहितको नालीको निर्माण गरेर मात्र सडकको थप काम गर्न आग्रह गरे । उनले त्यो भन्दा ठूलो समस्या विद्यूत हाईटेन्सन टावर निर्माण गर्दा उपभोक्ता संग कूनै सरोकार नगरी निर्माण गरेकोमा आक्रोस पोखे,निर्माण भईसेको ८ वटा हाईटेन्सन लाईनका टावर सार्नु पर्ने जस्का कारणले खुर्कोट र पाडका ६०० भन्दा वढी घरधूरीलाई प्रत्यक्ष असर गरेको जानकारी गराए । ५० घरधुरी उक्त टावरको लाईन नै मूनी परेकाले वसाईसराई गर्नु पर्ने अवस्था आएको जानकारी दिए , सक्नेहरु त घर छाडेर अन्यत्रै वस्ती वसाउलान तर विपन्न परिवार कसरी अन्यत्र जाने जस्को जग्गाको नाममा भएको सवै प्रभावित एरियामा परेर अतिक्रमण भएको छ ।
उपभोक्ताको जग्गा मूल्याड्कन पनि न्यून भएकाले अन्यत्र वसाई सर्न सक्ने अवस्था पनि छैन भन्दै कालिगण्डकी प्रसारण करिडोरका प्रमूख चन्दन कूमार घोस सग आक्रेसित भए ।
प्रमूख जिल्ला अधिकारी गूरुदत्त ढकालले जनताको गूनासा आएकाले सम्भव भए सम्म छिटो परियोजनाले कार्य गर्न निर्देशन गरे । उनले सानातिना कलभर्ट निर्माण,सडकको ग्रेडडिड मिलाउने कूरामा परियोजनाले कन्जूसाई नगर्न आग्रह गरे । सव स्टेशनका हाईटेन्सन लाईन सार्ने कूरा माथिल्लो निकाय सम्म गूनासोलाई पूयाउने वताए ।


यता परियोजनाका प्रमूख चन्दन कूमारले परियोजनाले निर्माण गनर््पर्ने कलभर्ट सहितको सडक ढलान गर्ने कार्य उपभोक्ताको मग वमोजिम नै कूश्मा नगरपालिकाको प्राविधिक टोली मार्फत थप स्टीमेट वनाउन लागाई सो अनूसार एक हप्ता भित्र कार्य गर्ने प्रतिवद्धता जनाए,सव स्टेशनका कारणले पारेका उपभोक्ताका अप्ठेयाराहरु परियोजनाले गर्न सक्ने पूरा गर्ने वताए । तर २२० के भि ए हाईटेन्सन लाईनको स्थान परिवर्तनका लागी क्याविनेटले नै निर्णय गर्नुपर्ने भएकाले त्यसको वारेमा छूट्टै प्रकृया अपनाएर जानू पर्ने वताए ।
उक्त छलफलमा उपभोक्ताहरु हेम विक्रम मल्ल,मन वहादूर नेपाली,गणेश शर्मा,श्याम कूमार जोशी,वडा नं २ का वडा सदस्य शान्ति शर्मा,कल्याण सूवेदी लगायतको उपस्थिति रहेको थियो ।