२० चैत

मुकेश यादव बारा,आईतबार सांझ आएको हावाहुरीले बितण्डा मच्चाएको बाराको अधिकांश क्षतिग्रस्त स्थलमा राहतका सामाग्रीहरु नै गएको छैन । हावाहुरीले बितण्डा मच्चाएको फेंटा गांउपालिका, कलैया उपमहानगरपालिका, महागढीमाई नगरपालिका, देवताल गांउपालिका, सुर्वण गांउपालिकामा मानवीय क्षति सहित पुर्ण रुपमा घरहरुलाई क्षतिग्रसत बनाएको थियो ।

हावाहुरीले वितण्डा मच्चाएको फेंटा गांउपालिकामा मात्र संघ सरकार, प्रदेश सरकार र स्थानीय प्रशासनको ध्यान केन्द्रित भएको छ । हावाहुरीले वितण्डा मच्चाएको महागढीमाई नगरपालिका ७ को तेलगांई, बेनौली, सुवर्ण गांउपालिकाको हर्दिया, प्रशुरामपुर, देवताल गांउपालिकाको रमपुर्वामा नत संघ, न प्रदेश सरकारको ध्यान पुगेको छ । संघ, प्रदेश र स्थानीय प्रशासनको ध्यान नपुगेपछि स्थानीय सरकारले क्षतिग्रस्त स्थलमा खानाको मेस सञ्चालन देखि लिएर, जरनेटरबाट विजुलीको व्यवस्था, त्रिपाल, झुल वितरण गरेका छन । सरकार र प्रशासनको ध्यान नपुगेपछि स्थानीय सरकारका प्रमुखहरु असन्तुष्ट देखिएका छन ।

अहिलेसम्म न सरकार हाम्रो घर दैलोमा आए न त स्थानीय प्रशासन नै आफुहरुको विजोग रहेको हावाहुरीको वितण्डाबाट आफनो आमा ज्यान गुमाएको महागढीमाई नगरपालिका ७ तेलगाईका छोटेलाल यादवले गुनासो गरे । हाम्रो एरियामा कुनै पनि दातृ निकाय नै आफुहरुको अवस्था बुझन नआएको पिडित यादवले भने हावाहुरीको वितण्डामा आफनो आमाको ज्यान त गयो स्थानीय निकायका प्रमुखले बेलैमा स्थानीय प्रहरी चौकि, नगर प्रहरी सहितको टोली परिचान गरी सुत्ने खाने व्यवस्था मिलाएको छ । न यहां प्रधानमन्त्री आए, न मुख्य मन्त्री नै केही नेताहरु आएर गांउको अवस्थाको बारेमा पिडित संग कुराकानी गर्न आएका छन तर जिल्ला प्रशासन कार्यालय बाराको टोली अहिलेसम्म हाम्रो क्षतिग्रस्त स्थलमा पिडितको अवस्था बुझन नआएपछि साह्रै मन पिरोलिएको यादवले गुनासो गरे । आफनो वडामा घटना घटे लगतै नगर प्रहरी, स्थानीय प्रहरी चौकी, सशस्त्र बेश क्याम्पको टोली सहित राती नै घटना स्थलमा पुगी उद्धार कार्य गरी घाईतेलाई मोटरसाईकल गाडीमा राखेर उपचारको लागि अस्पताल पठाईयो सोमबार विहानै देखि नगरपालिकाद्धारा नगर प्रहरी लगाएर खानाको मेस सञ्चालन गरीएको महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र प्रसाद यादवले बताए ।

महागढीमाई नगरपालिकामा ८५ वटा घर पुर्ण रुपमा क्षतिग्रस्त, एक सय २५ घरमा आंशिक क्षति, देवताल गांउपालिकामा दुई सय ५३ घर पुर्ण रुपमा क्षतिग्रस्त, ७८ घरमा आंशिक क्षति, सुवर्ण गांउपालिकामा ८५ वटा घर पुर्ण रुपमा क्षतिग्रस्त र ६२ घरमा आंशिक रुपमा क्षति पुगेको सर्वेबाट अनुमानित गरिएको जनजागरण युवा क्लब (जेजेवाईसी) बाराका अध्यक्ष भैयाराम यादवले बताए । बाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडलसंग  पटक पटक सम्पर्क गर्दा फोन नउठेपछि थप जानकारी उपलब्ध हुन नसकेको हो ।