संजय रेग्मी
चैत १९, २०७५
पर्वत : पर्वतको महाशिला गाउँपालिकामा रहेका ६ ओटै वडा कार्यालयहरुमा नेपाली काँग्रेस महाशिला गाउँपालिकाले तालाबन्दी गरेको छ।
गाउँपालिकाले गर्दै आएका कामहरुप्रति असन्तुष्टी जनाएर चरणबद्ध रुपमा आन्दोलन गर्दै आएको काँग्रेसले सोमबार गाउँपालिकाको कार्यालयमा आनिश्तिकालिन तालाबन्दी गरेकोमा मंगलबार गाउँपालिका भित्रका सबै वडा कार्यालयहरुमा अनिश्चितकालिन तालाबन्दी गरेको हो। गाउँपालिकाले प्रतिपक्षी नेपाली काँग्रेसलाई बेवास्ता गरेर एकलौटी निर्णयहरु गरेको भन्दै गाउँपालिकाको कार्यालय सहित सबै वडा कार्यालयहरुमा तालाबन्दी गरिएको गाउँपालिकाका काँग्रेस नेता उज्वल गुरुङले जानकारी दिए।
काँग्रेसले चरणबद्ध रुपमा आन्दोलन गरेपछि सोमबार गाउँपालिकाभित्रका ६ ओटै वडाध्यक्षहरु र काँग्रेसका प्रतिनिधिहरुका बीचमा वार्ता पनि भएको थियो। वार्ता निष्कर्षमा नपुगेपछि सोमबार साँझ गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेको काँग्रेसले मंगलवार भने सबै वडा कार्यालयमा तालाबन्दी गरेको हो। सोमबारको वार्ताको क्रममा गाउँपालिकाका तर्पmबाट वार्तामा सहभागी भएका वडाध्यक्षहरुले आप्mनो हातमा अधिकार नभएका कारण केही गर्न नसकिने बताएपछि वार्ता निष्कर्ष बिहीन भएको थियो। काँग्रेसले भने अधिकार नै नभएका व्यक्तिलाई वार्तामा पठाउनु भनेको गाउँपालिकाले काँग्रेसका मागलाई हाँसोमा उडाउनु सरह हो भन्दै तालाबन्दी गरेको हो। काँग्रेसले आप्mना न्यूनतम मागहरु पूरा हुनुपर्ने, अधिकार सहितको वार्ता टोली हुनुपर्ने, पूर्व सहमतिहरु कार्यान्वयन हुनुपर्ने, मालपोत कर र सेवा शुल्क अन्यत्रको भन्दा बढी भएकोले घटाईनुपर्ने, गाउँपालिकाका हरेक क्रियाकलाप काँग्रेसलाई पनि सहभागी गराईनुपर्ने मागहरु पूरा भएमा मात्र गाउँपालिकाको ताला खोलीने नभएमा तालाबन्दी अनिश्चत कालसम्म रहने बताएको छ।
महाशिला गाउँपालिकाका प्रवक्ता जीवनबिक्रम उचैले भने काँग्रेसलाई बिभिन्न ७ ओटा विषयमा छलफलका लागि बोलाईएको तर त्यो वार्ताका रुपमा भने नरहेको बताए। गाउँपालिकाका प्रमुख राजु पौडेल विदेश भ्रमणमा रहेका कारण सोमवार वडाध्यक्षहरु बसेर सामान्य छलफल भएको र मंगलवार पुनः छलफल गरौँला भनेको भएपनि काँग्रेसले भने आप्mना मागहरु पूरा गर्नुपर्ने माग गर्दै तालावन्दी गरेको उनको भनाई छ।