१९ चैत्र
काठमाडौं । बारा र पर्साका हावाहुरी पीडितलाई २ दिनको तलब दिने कांग्रेसहरुको घोषणा गरेका छन् । कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले एक विज्ञप्ति जारी गर्दै दुई दिनको तलब दिने घोषणा गरेका हुन् ।

आइतबार राति आएको हावाहुरीले भएको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संघीय सांसदहरूले दुई दिनको तलब दिने घोषणा गरेका हुन। सो हावाहुरीका कारण ३५ मानिसको मृत्यु भइसकेको छ भने ५ सय भन्दा बढी घाइते भएका छन् । ज्यान गुमाउनेमा ११ जना पुरुष र १० महिला र ५ जना बालबालिकासमेत रहेका छन्

मृत्यु हुनेमध्ये २६ जनाको शनाखत भएको जिल्ला प्रहरी कार्यलया बाराले जानकारी द्रिएको छ ।