१९ चैत्र

पर्वत,बारा र पर्सामा आइतबार साँझ भीषण हावाहुरी चल्यो । हावाहुरीले त्यहाँ अहिलेसम्म ३१ जनाको ज्यान गइसकेको छ । घटनामा झण्डै छ सय जनाबढी घाइते भएका छन् । सयौ घरटहरा भत्किएका छन् । यो विपतपछि नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् प्रभावशाली नेता अर्जुनप्रसाद जोशीले पीडितलाई तत्काल राहत प्रदान गर्न सरकारलई आग्रह गरेका छन् । \

उनले राहतमा कञ्जुस्याई नगर्न आग्रह गर्दै मृतकका परिवारमा समवेदना र घाइतेको सिघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन् । प्राकृतिक प्रकोप कतिबेला कहाँ जान्छ भन्ने बारे कसैलाई केही जानकारी नहुने भन्दै जोशीले यस अकल्पनीय र पिडा दायी क्षणमा तत्काल उद्द्वार र राहत पु-याउन नेपाल सरकार, सुरक्षाकर्मी, राजनितिक दल र समाजको हरेक तह र तप्काको हातेमालो जरुरी रहेको उल्लेख गरेका छन् ।