संजय रेग्मी
चैत १८, २०७५
पर्वत : पर्वतको महाशिला गाउँपालिकाले प्रतिपक्षी नेपाली काँग्रेसलाई बेवास्ता गरेर एकलौटी निर्णयहरु गरेको भन्दै गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेको छ।
यस अगाडि चरणबद्ध रुपमा ध्यानाकर्षण पत्र बुझाउने, गाउँपालिकाका जनप्रतिनिधिहरुलाई घेटेर काँग्रेसलाई पनि निर्णय प्रक्रियामा सहभागी गराउनुपर्ने सुझाव दिने लगायतका गतिबिधि गरिरहेको काँग्रेसले सोमबार साँझ भने पालिकाको कार्यालयमा तालाबन्दी गरेको हो।
काँग्रेसले चरणबद्ध रुपमा आन्दाmेन गरीरहेपछि गाउँपालिका र काँग्रेसकाबीच सोमबार दिउसोबाट वार्ता शुरु भएको थियो। तर वार्ता निष्कर्षमा नपुगेपछि अन्ततः कार्यालयमा तालाबन्दी गर्नुपरेको काँग्रेस नेता उज्वल गुरुङले बताए। वार्तामा गाउँपालिकाको तर्पmबाट गाउँपालिकाका ६ ओटै वडाका वडाध्यक्षहरु र काँग्रेसका तर्पmबाट नेता गुरुङ सहित अशोक उचै ठकुरी, सन्तोष हमाल, बिक्रम लोहनी लगायत रहनुभएको थियो। छलफलका क्रममा गाउँपालिकाका तर्पmबाट वार्तामा सहभागी भएका वडाध्यक्षहरुले आप्mनो हातमा अधिकार नभएका कारण केही गर्न नसकिने बताएपछि वार्ता निष्कर्ष बिहीन भएको हो। काँग्रेसले भने अधिकार नै नभएका व्यक्तिलाई वार्तामा पठाउनु भनेको गाउँपालिकाले काँग्रेसका मागलाई हाँसोमा उडाउनु सरह हो भन्दै तालाबन्दी गरेको हो।
काँग्रेसले आप्mना न्यूनतम मागहरु पूरा हुनुपर्ने, अधिकार सहितको वार्ता टोली हुनुपर्ने, पूर्व सहमतिहरु कार्यान्वयन हुनुपर्ने, मालपोत कर र सेवा शुल्क अन्यत्रको भन्दा बढी भएकोले घटाईनुपर्ने, गाउँपालिकाका हरेक क्रियाकलाप काँग्रेसलाई पनि सहभागी गराईनुपर्ने मागहरु पूरा भएमा मात्र गाउँपालिकाको ताला खोलीने नभएमा तालाबन्दी अनिश्चत कालसम्म रहने बताएको छ।
महाशिला गाउँपालिकाका प्रवक्ता जीवनबिक्रम उचैले भने काँग्रेसलाई बिभिन्न ७ ओटा विषयमा छलफलका लागि बोलाईएको तर त्यो वार्ताका रुपमा भने नरहेको बताए। गाउँपालिकाका प्रमुख राजु पौडेल विदेश भ्रमणमा रहेका कारण सोमवार वडाध्यक्षहरु बसेर सामान्य छलफल भएको र मंगलवार पुनः छलफल गरौँला भनेको भएपनि काँग्रेसले भने सोमवार नै आप्mना मागहरु पूरा गर्नुपर्ने माग गर्दै तालावन्दी गरेको उनको भनाई छ।