चैत्र १८

प्रदेश नम्बर २ मा हुरिले गरेकाे धनजन क्षतिप्रति दुख व्यक्त गर्दै कृष्णनगर नगरकार्यपालिकाले सबै कार्यपालिका सदस्यहरुकाे एकदिनकाे तलब पिडित परिवारलाई दिने निर्णय गरेकाे छ ।

हिजाे प्रदेश नम्बर २ काे बारा र पर्सा जिल्लामा अाएकाे हुरिले ज्यान गुमाएका र घाईते परिवारप्रति दुख व्यक्त गर्न अाज बसेकाे कृष्णनगर नगरकार्यपालिकाकाे बैठकमा नगरप्रमुख रजत प्रताप शाहले साे प्रस्तावमाथि अन्तिम निर्णय गरि प्रदेश र संघिय सरकारले पनि सक्दाे छिटै राहत वितरण गर्न अनुराेध गर्नुभएकाे छ ।

कार्यपालिका सदस्यहरुले प्रकृतिक विपदका बेला सबै मिलेर सहयाेग पिडित परिवारलाई सहयाेग गर्न अगाडि बढ्नुपर्ने बताए । हिजाे अाएकाे हुरिले लगभग ३२ जनाले गुमाउनुका साथै ५०० जनाकाे विरगंजकाे नारायणी अस्पताल लगायत अन्य अस्पतालहरुमा उपचार भैरहेकाे छ। साथै उद्धारका लागि नेपाल प्रहरी , सशस्त्रका टीम र स्थानिय युवाहरु संगलन रहेकाे स्राेतले जनाएकाे छ ।