१७ चैत्र

बर्दिया । बर्दियाको बनगाईमा आइतबार विहान दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दियाको मधुवन नगरपालिका १ इन्द्रपुरका २१ वर्षीय सुरज चौधरी र कृष्णा चौधरी र बारबर्दिया नगरपालिका ९ का २३ वर्षीय खगेन्द्र बस्नेत छन् ।

भे ८ प ६९६८ र बा ९१ प ९३७७ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा सो घटना भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।