चैत १६, २०७५
संजय रेग्मी
पर्वत : पर्वतको कुश्मा नगरपालिका ५ बडागाउँमा सडेगलेको अवस्थामा बेबारिसे शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजन रायमाझीले दिनुभएको जानकारी अनुसार बडागाउँमा रहेको कारगार भन्दा तल पट्टीको भिरमा उक्त शव फेला परेको हो । शव पूर्ण रुपमा सडेगलेको अवस्थामा रहेका कारण महिला वा पुरुष के हो ? त्यो शव कसको भन्ने बारेमा केही पनि खुल्न सकेको छैन । शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल पर्वतमा राखिएको छ । घाँस काट्नका लागि सोही ठाउँमा पुगेका महिलाहरुले प्रहरीमा खबर गरेपछि मात्र शव भएको थाहा भएको हो । जिल्ला प्रहरी कार्यालय पर्वतबाट प्रहरी निरीक्षक रबिन्द्रकुमार श्रेष्ठको नेतृत्वमा घट्नास्थलमा पुगेको प्रहरी टोलीले शव र शव भेटीएको ठाउँको मुचुल्का तयार पारेको प्रहरी नायव उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिनुभयो ।