१६ चैत

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) ले नेपालका पूर्वाधार विकासमा सरकारसँग मिलेर १० अर्ब भन्दा बढीका परियोजनामा यसै वर्ष लगानी गर्ने भएको छ ।

एनआरएन इन्फ्रास्ट्रक्चर इन्भेष्मेन्ट कोष स्थापनाका लागि लगानी सम्मेलनमा सम्झौता भएको छ । एनआरएनए अध्यक्ष भवन भट्टले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

नेपाल सरकार समेतको लागानीमा स्थापना हुने यो कोषको अधिकृत पुँजी २० अर्ब रुपैया र चालु पुँजी १० अर्ब रहनेछ । कोषको ८५ प्रतिशत पुँजी बिभिन्न हैसियतमा विदेशमा रहेका गैर आवासीय नेपालीहरुलाई शेयर वितरण गरि संकलन गरिनेछ ।