चैत १५, २०७५
संजय रेग्मी
पर्वत : पर्वतको कुश्मा नगरपाािलकाले बजारमा बिवतरण गरिएका बोरा तथा प्लाष्टिक बाहेकका अन्य बोरा वा पेटीहरुमा जम्मा पारिएको फोहोर संकलन नगर्ने भएको छ ।
फोहोरलाई छुट्याएर दुई तरीकाबाट व्यवस्थापन गर्दै आएको नगरपालिकाले सार्वजनिक सूचना गर्दै बजारबासीहरुलाई फोहोर जम्मा गर्नका लागि प्रदान गरिने बोरा तथा प्लाष्टिकहरु समयमै नगरपालिकाबाट लिन अनुरोध गरेको छ । नगरपालिकाले वितरण गरेका सामग्री नलिएर पछि आप्mनै तरीकाले बोरामा फोहोर जम्मा गरेको पाईएमा ती फोहोर संकलन नगरिने नगरपालिकाले जनाएको छ ।
नगरपालिकाको कार्यालयका अनुसार कुश्मा नगरपालिकाको वडा नं. ४, ५, ६ र ७ मा बसोबास गरिरहेका बासिन्दाहरुले यही चैत २० गते भित्रमा आँपूm बस्ने सम्बन्धित वडा कार्यालयमा सेवाग्राही कार्ड सहित उपस्थित भएर बोरा वा प्लाष्टिक लिनुपर्नेछ । यदि २० गतेसम्ममा फोहोर संकलन गर्नका लागि तोकिएका बोरा वा झोला नलिएमा २१ गतेबाट नै त्यस्ता नागरिकको घरको फोहोर नउठाईने भएको छ । कुश्मा नगरपालिकाले फोहोरमैलाको दिगो व्यवस्थापनको लागि कुहिने र नकुहिने फोहोरलाई छुट्टा छुट्टै संकलन गरेर व्यवस्थापन गर्दै आईरहेको छ ।