१५ चैत्र
पर्वत–आगामी जेठ १ गतेदेखि ११ गतेसम्म पर्वत सदरमुकाम कुश्माबजारमा आयोजना गरिएको गुप्तेश्वर बिराट धार्मिक मेला तथा कोटीहोमको तयारीका लागि जलजला गाउंपालिकामा आज धार्मिकमेला सहयोग समिति गठन गरिएको छ । शूक्रवार दिउसो जलजला गाउंपालिकामा आयोजित भेलाले जलजला गाउंपालिकाका अध्यक्ष यम वहादूर मल्ल (रामकृष्ण ) को अध्यक्षतमा १९ सदस्यीय समिति गठन गरेको छ । उपाध्यक्ष सीमा पून,सचिव अर्जुन शर्मा,सहसचिव तुलसी रेग्मी, सदस्यहरुमा क्रमशः गोविन्द खत्री,देवेन्द्र भण्डारी,भिष्म मल्ल,तिलक जि.सी,होम वहादूर फगामी,यदूनाथ आचार्य,हरीविकास जि सी,गौ वहादूर पून,मैया शर्मा,वाल कूमारी जि सी,कोपिला वरुवाल,लक्ष्मी सूनार,दिनेश नेपाली,ज्योति वि क ,चित्रराज रेग्मी र लेखनाथ रेग्मी रहनू भएको छ ।

कार्यक्रममा महायज्ञ मुल आयोजक समितिका संयोजक पृथ्वीनारायण शर्माले मानविय जीवनमा धार्मिक आस्थाको दृष्टिले गर्नुपर्ने सवै कर्महरु महायज्ञबाट हुने बताउँदै ति धार्मिक कृयाकलापमा सवै जातजातीहरु सहभागि हुन आग्रह गर्नुभयो । उहाँले सवै वर्ग, जातिको समान पहुँच हुनेगरी महायज्ञ संचालन गर्न लागिएको बताउँदै तुलादान लगायत महत्वपुर्ण धार्मिक अनुष्ठानलाई आवश्यक सहयोग गर्न आग्रह गर्नुभयो । जिवनमा गर्नुपर्ने महत्वपूर्ण दान तुलादान भएकाले त्यस्तो अवसर यस विराट महायज्ञले जूराएको धारणा राख्नू भयो ।

जलजला गाउंपालिकाका अध्यक्ष यम वहादूर मल्ल रामकृष्णको अध्यक्षतामा सम्पन्न भेलाको संचालन महायज्ञ मुल आयोजक समितिका महासचिव अच्यूत तिवारीले र स्वागत सल्लाहकार लोकनाथ आचार्यले गर्नुभएको थियो । भेलामा उपाध्यक्ष मानकुमारी गिरी, चन्द्रबहादुर खत्री कोषाध्यक्ष कमलनाथ पोख्रेल, सचिव गोकुल चापागाई,युवापरीचालन संयोजक नरेन्द्र बहादुर खत्री,फूलमाला व्यवस्थापन संयोजक तुप्ला शाक्य,यातायात व्यवस्थापन संयोजक राजन जोशी,सल्लाहकार वलराम कर्मचार्य लगायतको उपस्थिति थियो ।

नेपालकै ठुलो शिव पार्वतीको मुर्ति, सिस महल र धर्मशाला बनाउने लक्ष्यका साथ कोटीहोम आयोजना गरिएको महासचिव अच्यूत तिवारीले जानकारी दिनू भयो ।