१५ चैत्र
काठमाडौंनेपाली फिल्मको निर्माण संख्यात्मक रूपले मात्रै बढेको छैन त्यहीअनुसार त्यसको बजेट र कलाकारको पारि श्रमिक पनि वृद्धि हुँदै गइरहेको छ। केही वर्षअघिसम्म ४०, ५० लाखको बजेटमा बन्ने नेपाली फिल्मको बजेट अहिले बढेर दुई, तीन करोडसम्म पुगेको छ। यस्तै एक, दुई लाखमा फिल्म खेल्ने नायक नायिकाको पारि श्रमिक पनि अहिले धेरै गुणा बढेको छ।

जुन अनुपातमा नायकको पारि श्रमिक बढेको छ त्यसको अनुपातमा नायिकाको पारि श्रमिक भने बढ्न सकेको छैन। तर, सीमित केही यस्ता नायिका छन् जसले आफ्नो पारि श्रमिक मात्रै गहकिलो बनाएका छैनन् उद्योगलाई नै लिड गरिरहेका छन्। स्वदेशी तथा विदेशी भूमिमा हुने छायांकनमा उनीहरूकै वर्चस्व देखिएको छ भने आफ्नो फिल्म फ्लप हुँदा पनि चर्चाको शिखरमा उभ्याउन सफल भएका छन्।

छोटो समयमा आफूलाई स्टारको अघिल्लो सूचीमा राख्न सफल भएकी नायिका हुन्् साम्राज्ञी राज्यलक्ष्मी शाह। भुवन केसीको खोजका रूपमा फिल्म ड्रिम्सबाट उद्योगमा स्थापित गराएकी उनले त्यसपछि पछाडि फर्केर हेर्नु परेको छैन। उनी अभिनीत फिल्म हिट हुन् या फ्लप उनको डिमान्ड उद्योगमा दिनप्रतिदिन बढ्दै गएको छ।

पछिल्लो समय इन्टु मिन्टु लन्डनमा हुँदै मारुनीसम्म आइपुग्दा साम्राज्ञी उद्योगकी सबैभन्दा धेरै पारि श्रमिक लिने नायिकाको रूपमा चर्चामा छिन्। उनले मारुनीमा १५ लाख पारि श्रमिक लिएको चर्चा छ। तर, अझैसम्म पनि नायकनायिका आफ्नो पारि श्रमिकबारे खुलेर बताउन भने चाहँदैनन्।

सुदर्शन थापा निर्देशित फिल्म मेरो एउटा साथी छबाट चर्चामा आएकी नम्रता श्रेष्ठले पनि उद्योगलाई धेरै हिट फिल्म दिएकी छन्। व्यावसायिक हिसाबले हिट नभएका उनी अभिनीत फिल्म पनि विभिन्न कारणले चर्चामा रहे।

ग्ल्यामर रोलमा होस् या ग्रामीण भूमिका सबैखाले रोलमा नम्रताले आफूलाई अब्बल साबित गरिन्। पर्व, नोभेम्बर रेनजस्ता फिल्म हुन् वा पछिल्लो समय प्रदर्शनमा आएको प्रसाद सबैखाले रोलमा उनले न्याय गरेकी छन्। आफैं स्क्रिप्ट पढेरमात्रै फिल्म साइन गर्ने उनी कथाको हिसाबमा भने निकै चुजी छिन्।

मिस टिननामक सुन्दरी प्रतियोगिताबाट ग्ल्यामरको दुनियाँमा प्रवेश गरेकी प्रियंका कार्की अहिले फिल्म उद्योगकी रुचाइएकी नायिकामा पर्छिन्। फिल्ममा मात्रै होइन म्युजिक भिडियोमा पनि उनको डिमान्ड निकै छ। सहज रूपमा सेटमा प्रस्तुत हुने र ट्यालेन्टेड भएका कारण प्रियंका निर्माता निर्देशकको रोजाइमा पर्ने गरेकी छ। छक्का पञ्जाको सिरिज तथा चंगा चेटसम्म आइपुग्दा उनले निर्माताको गोजी मात्रै बलियो बनाइदिएकी छैनन् आफ्नो कमाइ पनि लोभलाग्दो बनाएकी छन्।