१४ चैत, काठमाडौं । नवलपरासीमा राष्ट्रिय वाणिज्य बैंकका एक कर्मचारी १० हजार घुससहित पक्राउ परेका छन् ।

स्वीकृत भइसकेको ऋण रकम निकाल्न नमिल्ने गरी रोक्का राखेर १० हजार रुपैयाँ घुस लिएको आरोपमा सहायक अञ्चल सुनारलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटबलस्थित कार्यालयको टोलीले पक्राउ गरेको हो ।

उनले घुस रकम लिइसकेको अवस्थामा डेरा नजिकैबाट पक्राउ गरेको अख्तियारले जनाएको छ ।