१३ चैत्र

काठमाडौं,बलिउड स्टार किड्समध्ये संभवत सबैभन्दा लाइमलाइटमा छिन्, जान्भी कपूर । आजको मितिसम्म उनले एउटै फिल्म खेलिन्, धडक । यही फिल्मले उनलाई लोभलाग्दो ख्याती दिलायो ।

दुःखको कुरा के भने, यही फिल्मबाट छोरीलाई बलिउडमा पाइला टेकाउने उनकी आमा श्रीदेवीले भने छोरीलाई सिल्भर स्त्रिनमा हेर्न पाइनन् । यता फिल्म ‘धडक’को छायांकन हुँदै थियो, उता (दुबई)मा श्रीदेवी अप्रत्यासित मृत्युसँग जुध्दै थिइन् ।

एक विवाह भोजमा सरिक हुन गएकी श्रीदेवी सग्लो फर्किएनन् । उनी रहस्यमय ढंगले मृत्त अवस्थामा फेला परिन् । जबकी त्यसबेला उनीसँग आफ्ना दुई जवान छोरी थिएनन् ।

मातृ-वियोगबाट आफुलाई सम्हाल्दै जान्भीले फिल्म ‘धडक’ पुरा गरिन् । फिल्म चल्यो । यही फिल्मबाट जान्भीले खुब तारिफ बटुलिन । तर, छोरीको यो खुसी र सफलतामा रमाउने बेला श्रीदेवी थिइनन् । जबकी त्यसअघिसम्म श्रीदेवीले छोरीलाई आफुसँगै डोहोर्‍याएर हिँड्ने गर्थिन् । बलिउड इभेन्टदेखि कुनै भोज भत्तेरमा दुबै सँगै हुन्थे । बरु श्रीमान् बोनी कपूर हुँदैनथे । जान्भी र श्रीदेवी भने छुट्दैनथे ।

आमाको मृत्युपछि जान्भीले एक अन्र्तवार्तामा आमाको स्मरण गर्दै भनेकी थिइन्, ‘उहाँ भन्नुहुन्थ्यो, तिमीले फिल्ममा कस्तो भूमिका पाउँछौ, त्यो ठूलो कुरा होइन । महत्वपूर्ण कुरा त के भने त्यस भूमिकालाई तिमीले कसरी निर्वाह गर्छौ ।’

संभवत श्रीदेवीले जान्भीलाई बलिउडका लागि उचित मार्गदर्शन दिएकी थिइन् । आमाकै पदचाप पच्छ्याउँदै जान्भी अहिले बलिउडमा आफुलाई स्थापित गर्ने मेलोमेसो मिलाइरहेकी छिन् ।