१३ चैत्र

काठमाडौं । नेपाली गित संगीतको आकाश लोकप्रिय नाम हो सुर्य खड्का र सिता श्रेष्ठ । नेपालमा रहेकी सिता र जापानमा रहेका सुर्यलाइ युरोपमा रहेका शिबले जोडेका छन नया गीत लागी हाल छेउ सरकार बाट ।जनतामा पछिल्लो समय निकै निरासा छाएको छ । सरकारले सोछे जस्तो काम गर्न सकिरहेको छैन । यस्तै बिकृती र निराशालाइ लिएर यो गीत तयार पारिएको छ । जनताले बोलेको जनताले भन्नै खोजेको कुराहरु गीतले बडो उत्कृष्ट रुपमा उठाएको छ ।

लोकप्रिय सर्जक शिब अखेलीको शब्द तथा खेम सेन्चुरीको लय सिर्जना रहेको गीतमा राजु मस्टर, रिना थापाको अभिनय रहेको छ । गीतलाइ स्मृति तिमिल्सिनाले उत्कृष्ट निर्देश गरेकी छन ।गीतको सम्पुर्ण पक्ष उत्कृष्ट रहेको छ । समाज परिबर्तनमा यस्ता गीतले निकै महत्त्वपूर्ण भुमिका खेल्ने जानकार हरु बताउछन ।

गीत सार्बजनिक भए पछि हामी संग कुरा गर्दै निर्माण युनिटले गीतले सबै बाट सकारात्मक प्रतिक्रिया पाउनेमा आफुहरु आशाबादी रहेको बताउनु भयो ।सुर्य खड्काको आफ्नै युटुब च्यानलबाट सार्बजनिक गरिएको सो हाम्रो तर्फबाट पनि सफलाताको शुभकामना ।