संजय रेग्मी
चैत १२, २०७५
पर्वत : पर्यटन क्षेत्रको प्रवद्र्धनको लागि पर्वत सदरमुकाम कुश्मामा आयोजना गरिएको २ दिने पर्यटन तथा आतिथ्यता व्यवस्थापन तालिम मंगलबार सकिएको छ ।
नेपाल पर्यटन बोर्डको प्रवद्र्धन तथा कुश्मा नगरपालिका वडा नं. ७ र सामुदायिक रेडियो दिदीबहिनीको आयोजनामा सोमबारबाट तालिम संचालन भएको थियो । तालिममा सहभागी हुनुभएका कुश्मा नगरपालिका ७ र अन्य वडाका पनि झण्डै ४० जना महिलाहरुको लागि पर्यटन क्षेत्रको विकासमा पाहुनाहरुको अतिथ्यता तथा होमस्टे सेवाका बारेमा जानकारी गराईएको थियो ।
तालिममा नेपाल पर्यटन बोर्डका निर्देशक सूर्य थपलिया, बरीष्ठ सेफ भंmकप्रसाद ढकाल र आई.टी. ईञ्जिनियर बिबेक सापकोटाले प्रशिक्षण दिनुभएको थियो । प्रशिक्षणका कर्यक्रममा पर्यटकहरुलाई आकर्षित गर्नका लागि के के कुरामा ध्यान दिने ? पर्यटन विकासको लागि स्थानीय स्तरमा योजना कसरी बनाउने ? लगायतका बिषयमा जानकारी दिईएको थियो । त्यस बाहेक प्रयोगात्मक रुपमा स्थानीय स्तरमा उपलब्ध खाद्यान्नहरुबाट स्वादीष्ठ परिकार बनाउने कलाको बारेमा बरीष्ठ सेफ तथा प्रशिक्षक ढकालले खानाहरु पकाएर देखाउनुभएको थियो ।
तालिमको समापन कार्यक्रममा बोल्नुहुँदै पर्यटन बोर्डका निर्देशक थपलियाले तालिममा सहभागी हुनुभएका महिलाहरुलाई जतिसक्दो छिटो सामुदायिक होम स्टे दर्ता गरी कुश्मामा होमस्टे संचालनमा ल्याउन सुझाव दिनुभयो । पर्यटकहरु नेपालको अनुभव गर्नका लागि विदेशबाट यहाँसम्म आउने गरेको बताउँदै उहाँले पर्यटकहरुले होटलको भन्दा पनि स्थानीय स्तरको सेवा र आतिथ्यता खोज्ने भएकोले पर्वतमा पनि होमस्टे मार्पmत पर्यटन प्रवद्र्धन गर्न सकिने सम्भावना प्रचुर रहेको बताउनुभयो ।
यस्तै बागलुङका प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा सदुपयोग गर्न सहभागीहरुलाई अनुरोध गर्नुभयो ।
यसैगरी, डिभिजन बन कार्यालयका प्रमुद दधिलाल कँडेलले बन क्षेत्र र होमस्टे आपसमा सम्बन्धित बिषय भएकोले होमस्टे संचालनका लागि वन डिभिजन कार्यालयले पनि सघाउने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रमको समापन गर्नुहँुँदै कार्यक्रमका अध्यक्ष तथा रेडियो दिदीबहिनीकी अध्यक्ष तथा पूर्व सांसद कल्पना चापागाईँले महिला कहिल्यै पनि कमजोर नभएकोले अब पुरुष सरह नै काम गरेर आँपूmहरुले नै आम्दानी गरेर घर खर्च चलाउन सक्ने बताउनुभयो । पुरुष र महिलाको संयोजनबाट मात्र सम्बृद्धि सम्भव रहेको बताउँदै उहाँले महिलाहरुले पनि पुराना अन्धबिश्वासका कुरा र कमजोर सोच त्यागेर काम गर्न सुझाव दिनुभयो ।
समापन कार्यक्रमको संचालन कुश्मा नगरपालिका वडा नं. ७ का अध्यक्ष सुवासचन्द्र पौडेलले गर्नुभएको थियो । त्यस अवसरमा कार्यक्रममा सहभागीहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो भने तालिममा उपस्थित हुनुभएका बिशेष पाहुनाहरुलाई मायाको चिनो र प्रशंसापत्रले सम्मान गरिएको छ ।