१२ चैत्र
पर्वत–आगामी जेठ १ गतेदेखि ११ गतेसम्म पर्वत सदरमुकाम कुश्माबजारमा आयोजना गरिएको गुप्तेश्वर बिराट धार्मिक मेला तथा कोटीहोमको तयारीका लागि कुश्मा नगरपालिका वडा नं ४ आनन्द गुम्वा कूश्मामा आज धार्मिकमेला सहयोग समिति गठन गरिएको छ । मंगलवार दिउँसो आनन्द गूम्वामा आयोजित भेलाले धनराज गूरुडको अध्यक्षतमा १३ सदस्यीय समिति गठन गरेको छ ।

समितिको सचिबमा भोज वहादूर गुरुङ रहनुभएको छ । सदस्यहरुमा उर्मिला गुरुङ ,टेक वहादूर गूरुड,विपिन गुरुङ,खूम कूमारी गुरुङ,देवी गुरुङ,राज्र तूलाचन,सूनिता गौचन,रामसिंह गुरुङ ववि राई,सीता गुरुङ,धन कूमारी गुरुङ रहनू भएको छ । भेला कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीको प्रमूख आतिथ्यतामा सम्पन्न भएको थियो । उहाँले महायज्ञलाई सभ्य र भव्य बनाउनका लागी जातिय भेषभूषा सहित यालीमा उपस्थित भई यज्ञ अवधि भर सवैले आ–आफ्नो ठाउँबाट सहयोग गर्न आग्रह पनि गर्नुभयो ।

कार्यक्रममा महायज्ञ मुल आयोजक समितिका संयोजक पृथ्वीनारायण शर्माले मानविय जीवनमा धार्मिक आस्थाको दृष्टिले गर्नुपर्ने सवै कर्महरु महायज्ञबाट हुने बताउँदै ति धार्मिक कृयाकलापमा सवै जातजातीहरु सहृय सहभागि हुन आग्रह गर्नुभयो । उहाँले सवै वर्ग, जातिको समान पहुँच हुनेगरी महायज्ञ संचालन गर्न लागिएको बताउँदै तुलादान लगायत महत्वपुर्ण धार्मिक अनुष्ठानलाई आवश्यक सहयोग गर्न आग्रह गर्नुभयो ।

 

मोदीकाली वूद्ध सेवा समिति वडा नं ४ का अध्यक्ष धनराज गुरुङको अध्यक्षतामा सम्पन्न भेलाको संचालन महायज्ञ मुल आयोजक समितिका उपाध्यक्ष विपिन गुरुङले गर्नुभएको थियो । भेलामा पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष केदारनाथ शर्मा, कोटीहोमका कोषाध्यक्ष कमलनाथ पोखरेल,तूलादान समितिका संयोजक डा चुडामणी शर्मा, उपाध्यक्षहरु चन्द्र वहादूर खत्री,मानकूमारी गिरी लगायतको उपस्थिति रहेको थियो । नेपालकै ठुलो शिव पार्वतीको मुर्ति, सिस महल र धर्मशाला बनाउने लक्ष्यका साथ कोटीहोम आयोजना गरिएको महासचिव अच्यूत तिवारीले जानकारी दिनू भयो ।