१० चैत्र

काठमाडौं : आजदेखि सुरु भएको एसईईमा अभिनेत्री करिश्मा मानन्धर पनि सहभागी छिन् । करिश्माले काठमाडौंको डिल्लीबजारस्थित विजय स्मारक मा. वि. परीक्षा केन्द्रबाट एसईइ परीक्षा दिँदैछिन् ।

अभिनेत्री करिश्मा मैतीदेवीस्थित त्रिवेणी माविकी  विद्यार्थी हुन् ।  उनी विद्यालय पोशाकमा आइतबार बिहान परीक्षा केन्द्र विजय स्कमारक स्कुल पुग्दा उनको तस्बिर लिन र उनीसँग कुरा गर्न सञ्चारकर्मीहरूको भीड लागेको थियो। उनलाई हेरेर अनौठो मान्नेहरु पनि त्यत्तिकै थिए । आफैं सवारी कार चलाएर एक सहयोगीकासाथ करिश्मा परीक्षा दिन आएकी थिइन् । अन्नपूर्णपोष्टवाट