८ चैत

काठमाडौं । कलंकीस्थित ट्राफिक प्रहरीले पाकेटमारी गरेर भाग्दै गरेका एक व्यक्तिलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक घर बताउने १९ वर्षीय सुमन नेपाली छन् । रत्नपार्कबाट थानकोट जाँदै गरेको सार्वजनिक बसमा सवार चन्द्रागिरी–११ का ५८ वर्षीय बद्री श्रेष्ठको गोजीबाट ५५ हजार ४ सय रुपैयाँ चोरी भएको थियो ।