८ चैत्र
पर्वत–पर्वतको कुश्मामा रहेको आदर्श अंग्रेजी आवसीय माविले तिसौँ बार्षिकोत्सव मनाएको छ । यसका साथै बिद्यालयमा अभिभावक दिवश र पुरस्कार बितरण गरिएको छ ।
बिद्यालयले तिसौँ बर्ष प्रबेशको अवसरमा विभिन्न कार्यक्रमको शुरुवात पनि गरेको छ । कूश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले समृद्धिको पहिलो खुड्किलो शिक्षा भएको वताउदै निजि विद्यालयहरु १५ प्रतिशत भएको र सरकारी विद्यालयहरु ८५ प्रतिशत भएकाले निजि विद्यालयको सिको गरि सरकारी विद्यालयहरुले पनि गुणस्तर वढाउनूपर्नेमा जोड दिनू भयो । शिक्षाको बिकास विना समृद्धि सम्भव नरहेको बताउनुभयो । यूवा पूस्ता पढेर पनि बेरोजगार बनि बिदेश जानुपरेको तितो यथार्थ उल्लेख गर्दै जोशीले शिक्षण संस्थाले शैक्षिक बेरोजगार नभई दक्ष जनशक्ति उत्पादन गर्नुपर्ने अहिलेको आवश्यकता रहेको बताउनुभयो ।
कार्यक्रममा नगर उपप्रमुख सीता काफ्ले लामिछानेले आदर्श माविका साँच्चिकै आदर्श बिद्यालयको रुपमा स्थापित भएको बताउनुभयो । उहाँले शिक्षालाई समाबेशी र सर्वसूलभ बनाउनुपर्नेमा जोड दिनूभयो। कार्यक्रममा बिद्यालयले भर्चुअल लाईब्रेरीको शूरुआत गरेको छ । बिद्यालयले विभिन्न बिधाका उत्कृष्ठ ९ बिद्यार्थीहरुलाई प्रमाणपत्र र ५ जना बिद्यार्थीलाई मेडल बितरण गरेको छ ।
कार्यक्रममा बोल्दै बिद्यालयका प्रिन्सीपल हिमवहादुर पौडेल क्षेत्रीले बिद्यालयले स्मार्ट कक्षाको रुपमा पठनपाठन सञ्चालन गर्दै आएको बताउनुभयो । उहाँले बिद्यार्थीहरुको रुची र माग अनुसार बिद्यालयले टकिङ टिचर, पर्पल टर्टल सिस्टममा पठनपाठन गर्न थालेको जानकारी दिनुभयो । आफ्नो बिद्यालयले शिक्षकहरुलाई शिक्षकको रुपमा नभएर रिसर्च पर्सन रुपमा अपग्रेड गर्न लागेको पनि बताउनुभयो । अन्तराष्ट्रिय स्तरको शिक्षण बिधीले पठनपाठन सञ्चालन गरेको यो बिद्यालय जिल्लाकै सबैभन्दा बढि प्रविधिको प्रयोग गरि अध्यापन गराउने बिद्यालय रहेको क्षेत्रीले दाबी गर्नुभयो ।
बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेशमान श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा कालीगण्डकी एकेडेमीका प्रिन्सीपल तथा प्याप्सनका केन्द्रिय सदस्य बसन्तकुमार कर्माचार्य, कुश्मा नगरपालिका ५ का वडाध्यक्ष चित्रकला शर्मा भारती, प्याव्सन पर्वतका अध्यक्ष बलराम शर्मा, बिद्यालयका संस्थापक अध्यक्ष लक्ष्मीकान्त शर्मा, ससत्र प्रहरी उपरिक्षक रमेशकुमार सुबेदी, नमूना आवासिय माविका प्रिन्सीपल ईन्द्रमान खत्री लगायतले बोल्नुभएको थियो ।
कार्यक्रमको स्वागत तथा बिद्यालयको कार्यक्रम बारेमा प्रिन्सीपल क्षेत्रीले प्रकाश पार्नुभएको थियो भने सञ्चालन शिक्षक कमल थापाले गर्नुभएको थियो । गित र शव्द मार्फत स्वागत बिद्यार्थी सूर्यचन्द्र रेग्मी र सविना पौडेलले गर्नुभएको थियो ।