७ चैत्र पर्वत–आगामी जेठ १ गतेदेखि ११ गतेसम्म पर्वत सदरमुकाम कुश्माबजारमा आयोजना गरिएको गुप्तेश्वर बिराट धार्मिक मेला तथा कोटीहोमको तयारीका लागि कुश्मा नगरपालिका वडा नं २ खुर्कोटमा आज वडा सहयोग समिति गठन गरिएको छ । बिहीवार दिउँसो खुर्कोटमा आयोजित भेलाले मोहनप्रसाद बास्तोलाको अध्यक्षतमा १३ सदस्यीय समिति गठन गरेको छ । समितिको सचिबमा ऋषिराम सुवेदी रहनुभएको छ ।सदस्यहरुमा राजू प्रसाद शर्मा,कालिका प्रसाद शर्मा,खेमलाल जैसी,चुडामणी शर्मा,लेखनाथ चालिसे,मिन वहादुर रेग्मी,सेते नेपाली,सर्वे दर्जि,ईन्दिरा शर्मा,नारायण शर्मा,ईश्वरी प्रसाद शर्मा रहनू भएको छ । भेला कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीको प्रमूख आतिथ्यतामा सम्पन्न भएको थियो । उहाँले महायज्ञलाई सभ्य र भव्य बनाउन सवैले आ–आफ्नो ठाउँबाट सहयोग गर्न आग्रह पनि गर्नुभयो । कार्यक्रममा महायज्ञ मुल आयोजक समितिका संयोजक पृथ्वीनारायण शर्माले मानविय जीवनमा धार्मिक आस्थाको दृष्टिले गर्नुपर्ने सवै कर्महरु महायज्ञबाट हुने बताउँदै ति धार्मिक कृयाकलापमा सवै सहभागि हुन आग्रह गर्नुभयो । उहाँले सवै वर्ग, जातिको समान पहुँच हुनेगरी महायज्ञ संचालन गर्न लागिएको बताउँदै तुलादान लगायत महत्वपुर्ण धार्मिक अनुष्ठानलाई आवश्यक सहयोग गर्न आग्रह गर्नुभयो । कुश्मा नगरपालिका वडा नं २ का अध्यक्ष यदुनाथ बास्तलाको अध्यक्षतामा सम्पन्न भेलाको संचालन महायज्ञ मुल आयोजक समितिका महासचिब अच्युत तिवारीले गर्नुभएको थियो । भेलामा पर्वत उद्योग बाणिज्य संघका अध्यक्ष केदारनाथ शर्मा, कोटीहोमका कोषाध्यक्ष कमलनाथ पोखरेल लगायतले पनि बोल्नुभएको थियो । नेपालकै ठुलो शिव पार्वतीको मुर्ति, सिस महल र धर्मशाला बनाउने लक्ष्यका साथ कोटीहोम आयोजना गरिएको हो