संजय रेग्मी
चैत ६, २०७५
पर्वत : नेपाली काँग्रेस कुश्मा नगरपालिका वडा नं. ३ को वडा समितिको आयोजनामा नेपाली काङ्ग्रेसका महाधिवेशन प्रतिनिधि स्वर्गीय थमन वहादुर गुरूङको १३ औँ दिनको पुण्यतिथिमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ ।

स्वर्गीय गुरुङकै घरमा भएको श्रद्धाञ्जली सभामा बोल्दै नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सांसद अर्जुनप्रसाद जोशीले स्वर्गीय थमनको दिवंगत आत्माको चिर शान्तिको कमना गर्नुभयो । गुरुङको निधनसंगै आँपूmले एउटा प्रिय मित्र तथा समाजले एउटा असल सेवक र पार्टीले एउटा कर्मठ कार्यकर्ता गुमाएको उहाँको भनाई थियो । मृत्यु अनिवार्य भएपनि सवैले पार्टिको तर्फवाट सम्मान पाउन नसक्ने उल्लेख गर्दै केन्द्रिय सदस्य जोशीले स्वर्गीय गुरुङले उच्च सम्मान पाउनुले सवैको शिर उचो भएको उल्लेख गर्नुभयो । उहाँले दुःखको घडीमा आँपूm सहित सिङ्गो नेपाली काँग्रेस पार्टी पार्टी पनि शो सन्तप्त परिवारको साथमा रहेको बताउनुभयो । अर्को प्रसंगमा उहाँले लोकतन्त्रमा विस्वास गर्ने पार्टीले एउटा चुनाव हार्दैमा निराश हुनु नपर्ने बताउनुभयो ।

सभामा प्रतिनिधि सभाका सदस्य लालकाजी गुरूङ, कुश्मा नगरपालिका प्रमुख तथा नेपाली काँग्रेस कुश्मा नगर समितिका सभापती रामचन्द्र जोशी, कुश्मा नगरपालिकाकी उपप्रमुख तथा महाधिवेशन प्रतिनिधि सीता काफ्ले लामिछाने, जलजला गाउँपालिका प्रमुख तथा नेपाली काङ्ग्रेस पर्वतका कोषाध्यक्ष यम वहादुर मल्ल (रामकृष्ण), नेपाली कांग्रेस पर्वतका उपसभापती दुर्गा वहादुर खत्री, महासमिति सदस्यहरु बसन्तबहादुर सि.के, मिना के.सी, गंगाधर तिवारी, नेपाली काँग्रेस दुर्लुङका सचिव रेस्मिराज सुवेदी, वडाध्यक्षका प्रत्यासी कृष्णप्रसाद शर्मा, दलित सँघ पर्वतका उपाध्यक्ष धनिलाल वि.क, जिल्ला समन्वय समितिका संयोजकका प्रत्यासी परशुराम पुरी, काँग्रेस जिल्ला कार्यसमिति सदस्यहरु कुल प्रसाद उपाध्याय, लेखवहादुर गुरूङ लगायतले पनि शोक मन्तब्य राख्नुभएको थियो ।

कार्यक्रमको अध्यक्षता नेपाली काङ्ग्रेस वडा न ३ का सभापती बालकृष्ण शर्माको अध्यक्षता र सचिव कुलराज पोख्रेलको संचालनमा सम्पन्न भएको थियो । स्वागत मन्तब्य वडाका सहसभापति डण्डापाणी शर्माले राख्नुभएको थियो । श्रद्धाञ्जली सभामा परिवारको तर्फवाट स्वर्गीय गुरुङका जेठा छोरा यम वहादुर गरूङले सवैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।