सुजन के.सी
जापान

नेपाली नयाँ वर्षको अवसरमा आयोजित नेपाल फेस्टिफल फुकुओका-२०१९ मा एक लायन्स क्लबले निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने भएकव छ ।

नेपाल जापान फ्रेन्डशिप लायन्स क्लबले दोस्रो निःशुल्क स्वास्थ्य शिविर तथा परामर्श कार्यक्रम आयोजना गरेको हो। फुकुओका ईष्टीच्युट अफ अकुपेसनल हेल्थको प्राविधिक सहयोगमा आयोजित स्वास्थ्य शिविरमा निःशुल्क स्वास्थ्य परीक्षण गर्न सकिनेछ ।

उक्त क्लबले नेपाली समुदायलाई लक्षित गर्दै स्वास्थ्य शिविर राखेको यो दोस्रोपटक हो । नेपाली नयाँ वर्षको अवसर पारेर आयोजना गरिएको नेपाल फेस्टिबल फुकुओका २०१९ मा अप्रिल ६ शनिबार बिहान १२ बजेदेखि साँझ ४ बजेसम्म तेन्जिन चुओउ पार्क नेपालमा स्वास्थ्य शिविर राखिनेछ ।
स्वास्थ्य शिविरमा जापानीज विशेषज्ञ डाक्टरहरुबाट स्वास्थ्य जाँच तथा परामर्श सेवा उपलब्ध हुनेछ भने नेपाली भाषा अनुवादकले भाषा नबुझ्नेहरुलाई सघाउने व्यवस्था गरिएको क्लबले जनाएको छ ।

जापानको फुकुओका शहरमा दोश्रो पटक नेपाली समुदायलाइ लक्षित गर्दै “हाम्रो स्वास्थ्य हाम्रै हातमा” नियमित स्वास्थ्य जाँच गर्ने बानिको बिकास गरौं भन्ने जनचेतनामुलक नि:शुल्क स्वास्थ्य जाँच तथा परामर्श शिविरको आयोजना गरिएकोले कुनै रोग छ भने उक्त दिन उपस्थित भई स्वास्थ्य लाभ लिन क्लबका अध्यक्ष अर्जुन थापाले अनुरोध गर्नु भएको छ ।

नेपाल जापान फ्रेन्डशिप लायन्स क्लबले नेपाल फेस्टिवल फुकुओका २०१७ मा प्रथम पटक नेपाली डाक्टर हरुको सहयोगमा निशुल्क स्वास्थ्य जांच तथा परामर्श कार्यक्रम आयोजना गरिएको थियो ।
नेपाल जापान फ्रेन्डशिप लायन्स क्लब जापान लगाएत नेपालमा समेत विभिन्न सामाजिक कार्य गरी नमुना संथाको रुपमा स्थापित हुन सफल भएको छ । लायन अर्जुन थापाको नेतृत्वमा २०१६ मा उक्त क्लबको गठन गरिएको थियो ।