४ चैत्र
पर्वत । स्थानिय तहहरुले नयाँ नयाँ कामको शुरुवात गर्ने क्रममा पर्वतको कुश्मा नगरपालिकाले पहिलो पटक वेभ पोर्टल निर्माण गरेर अनलाइन सेवा सुरु गरेको छ ।
नगरपालिकालाई सूचनामैत्री बनाउन र नगरभित्रको सम्पूर्ण बिबरण इन्टरनेटको माध्यमबाट उपलब्ध गराउने उद्देश्यले नगरपालिकाले अनलाइन पोर्टलको शुरुवात गरेको हो । स्थानिय तहले नेपालमै पहिलो पटक शुरु गरेको वेभ पोर्टलको राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले शुभारम्भ गर्नुभयो ।
नगरपालिका भित्रका नागरिकका सबै बिबरण, उत्पादनको बजारीकरण गर्न सक्ने तथा नागरिकले आफ्ना सुचना आफै राख्न सक्ने ब्यबस्था सहितको वेभपोर्टल निर्माण गरिएको हो । पहिलो चरणमा नगरपालिका अन्र्तगतको वडा नम्बर ७ बाट नै डाटा संकलन र राख्ने काम भएको वडा नं ७ का अध्यक्ष सुवासचन्द्र पौडेलले जानकारी दिनुभयो । नागरिकले घरमै बसेर आफ्ना सबै बिबरण अध्याबधिक गर्न तथा नगरपालिकाका सेवाहरु बारे जानकारी लिन समेत सक्ने गरि वेभ पोर्टल बनेको छ अध्यक्ष पौडेलले भन्नुभयो यसले नगरपालिकालाई सुचना प्रबिधीको क्षेत्रमा एउटा फड्को मार्ने काम भएको छ ।
वेभर्पोटल निर्माण पछि नगरपालिकाका घरधुरी सम्बन्धी अनलाईन जानकारी हुने, नगरपालिकाका योजना र प्रगति बिबरण डिजीटल नक्सामा हेर्न सकिनेछ । यसबाहेक आफ्ना उत्पादनको बजारीकरण र खरिदबिक्री समेत अनलाईनबाट गर्न सकिने, योजना तर्जुमा गर्दा सहजरुपमा तथ्याँक उपलब्ध हुने कुस्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले बताउनुभयो । उहाँले नगरपालिकाका सबै वडाहरुमा यसको प्रभाबकारिता हेरेर बिस्तार गरिने जानकारी दिनुभयो ।
अनलाईन पोर्टलको शुभारम्भ गर्दै राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले कुस्मा नगरपालिकाले वेभपोर्टल निर्माण गरेर सुचना प्रबिधीको क्षेत्रमा ठुलो फड्को मारेको वताउनुभयो । संसार सुचना प्रबिधीको प्रयोगबाट धेरै अघि बढेका छन , उहाँले भन्नुभयो स्थानिय तहले पनि सुचना प्रबिधीको प्रयोगबाट बिकास र सम्बृद्धिको क्षेत्रमा फड्को मार्न सहयोग पुर्याउँछ ।
उहाँले सुचना प्रबिधीको बिकास र सहज पहुँचले अन्धाधुन्ध योजना छनौट र पहुँचका आधारमा हुने बजेट बितिरणलाई निरुत्साहित गर्दै भ्रष्टचार नियन्त्रणमा समेत सहयोग पुग्ने बिश्वास ब्यक्त गर्नुभयो । उहाँले चुनाब भन्दा ६ महिना अघि मात्रै राजनितीक लडाई लड्ने तर त्यस बाहेक बिकास निर्माणका काममा सहकार्य र समझदारी गरेर अघि बढ्न राजनैतिक दललाई आग्रह पनि गर्नुभयो । बिकास निर्माणमा सहकार्य र प्रतिष्पर्धा गर्न सके मात्रै सोचे अनुसार उपलब्धी हासिल हुन सक्ने कुरामा उहाँको जोड थियो ।
कुस्मा नगरपालिकका प्रमुख रामचन्द्र जोशीको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख सिता काफ्ले लामिछाने, कुस्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास लामिछाने, वडा अध्यक्ष सुवासचन्द्र पौडेल, इन्जिनियरहरु अनुप अधिकारी, राजिब रिमाल लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।